तर संबिधान आएन

सकियो म्याद
थपियो फेरि
सकियो थपियो
थपिएर सकियो
समाधान थपिएन
आउछ भनी जनतालाई
आश आशमै पर्खाइदिए
४ बर्षको उपलब्धीलाई
सुन्यतामा फर्काइदिए ............||

चार बर्षम्म आरोपसँगै प्रत्यारोप चलिरह्यो
सहमती र असहमतिको भिडन्त परिरह्यो
जनताको आशा निराशामै ढलिरह्यो
एमालेको ढिपी
कङ्रेशको यथास्थितीता
माओवादीको उग्रता
अरु साना पार्टी त्यस्तै अडान
संबिधान नबन्दा निरश जनता
उन्नाइस दिनको उल्लास पुरियो
करोडौ खर्च गरेको चुनाव तुहियो
संबिधान नै नबनाई
संबिधान सभा बिघटन
ब्यर्थैको छ्यासछ्यास्ती संगठन............||

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।