आत्मा

रामप्रसादको लगभग आफ्नो मात्र एकै घर ठिग्रिङ्ग थियो । घर वरिपरी फलफूल सिजनअनुसार लटरम्म फल्दा खाने कोही थिएन । बिहे भएको ३ बर्ष बितिसक्दा पनि उनले सन्तान प्राप्तिको त्यो सुखद अनुभुत गर्न नपाएको अवस्था थियो । उनलाई खासै सन्तान नहुनुमा त्यस्तो चिन्ता पनि थिएन ।

हरेक काममा श्रीमतीको साथ रहँदा असाध्यै माया गर्थे । खुशी पार्न कहिले बजारमा गएर साडी किनेर ल्याउथे । कहिले शहर पनि घुमाउन लान्थे । त्यसैले श्रीमतीले पनि आफ्नो लोग्नेको अत्यन्तै समान साथमा माया गर्थी । लोग्नेले खाना नखाएसम्म खान्न थिई ।

एक दिन मासु खान मन लागेर लोग्नेलाई कुखुरा काट्न लगाइछ । कुखुराको रौ भुत्ला सबै पन्छाएर मासुलाई मात्र चिटिक्क पार्दै टुक्रा पारेर पकाएछ । बाँकी रहेको अर्को पालिको लागि सिलमा उनेछ । लोग्ने आएपछी खाना पस्केर बड्कोभरी मासु भरेर दिई । दिनभरी कामले थकित शरीर, भोक अनि हालेको सबै मासु खर्ल्याप्पै सकाएछ । त्यो बाँकी रहेको आफुले खान्छु भनी सोच्दै थिई, हेर्दाहेर्दै एक टुक्रा नि बाँकी रहेन ।

त्यो दिन स्वास्निले खानै नखाई सुतिन् । किन खान नखा'को भनी सोध्दा "मन छैन खान" जवाफ दिई । सदा भाले बास्नुभन्दा अगाडि नै घरधन्दा सकाउने श्रीमती आज घाम छर्लङ्ग हुँदा पनि उठ्ने सुरसार थिएन । यसो उठाउन खोज्दा ककरक्क परेर प्राण त्यागिसकेका थिए । 

संसार नै रित्तिएको अनुभब गरेँ । अन्तिम कृयाकर्म गरेपछी घर फर्के । श्रीमतीले पकाएको मिठो खाने बानिमा न त पकाउने मूड थियो न त खाने नै । यसो कुकर हेरे, थोरै खाना बाँकी अनि कराइमा झोल । हिजो राती श्रीमतीले गरेको कृयाकलाप सम्झे । "मैले छोड्ला र खाउला भन्दै थिई होला । उनको आत्मा त मैले पो खाइदिएछु, अनि आत्मा बिहिन शरीर कहाँ टिक्थ्यो र!"

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।