रामप्रसादको लगभग आफ्नो मात्र एकै घर ठिग्रिङ्ग थियो । घर वरिपरी फलफूल सिजनअनुसार लटरम्म फल्दा खाने कोही थिएन । बिहे भएको ३ बर्ष बितिसक्दा पनि उनले सन्तान प्राप्तिको त्यो सुखद अनुभुत गर्न नपाएको अवस्था थियो । उनलाई खासै सन्तान नहुनुमा त्यस्तो चिन्ता पनि थिएन ।
हरेक काममा श्रीमतीको साथ रहँदा असाध्यै माया गर्थे । खुशी पार्न कहिले बजारमा गएर साडी किनेर ल्याउथे । कहिले शहर पनि घुमाउन लान्थे । त्यसैले श्रीमतीले पनि आफ्नो लोग्नेको अत्यन्तै समान साथमा माया गर्थी । लोग्नेले खाना नखाएसम्म खान्न थिई ।
एक दिन मासु खान मन लागेर लोग्नेलाई कुखुरा काट्न लगाइछ । कुखुराको रौ भुत्ला सबै पन्छाएर मासुलाई मात्र चिटिक्क पार्दै टुक्रा पारेर पकाएछ । बाँकी रहेको अर्को पालिको लागि सिलमा उनेछ । लोग्ने आएपछी खाना पस्केर बड्कोभरी मासु भरेर दिई । दिनभरी कामले थकित शरीर, भोक अनि हालेको सबै मासु खर्ल्याप्पै सकाएछ । त्यो बाँकी रहेको आफुले खान्छु भनी सोच्दै थिई, हेर्दाहेर्दै एक टुक्रा नि बाँकी रहेन ।
त्यो दिन स्वास्निले खानै नखाई सुतिन् । किन खान नखा'को भनी सोध्दा "मन छैन खान" जवाफ दिई । सदा भाले बास्नुभन्दा अगाडि नै घरधन्दा सकाउने श्रीमती आज घाम छर्लङ्ग हुँदा पनि उठ्ने सुरसार थिएन । यसो उठाउन खोज्दा ककरक्क परेर प्राण त्यागिसकेका थिए ।
संसार नै रित्तिएको अनुभब गरेँ । अन्तिम कृयाकर्म गरेपछी घर फर्के । श्रीमतीले पकाएको मिठो खाने बानिमा न त पकाउने मूड थियो न त खाने नै । यसो कुकर हेरे, थोरै खाना बाँकी अनि कराइमा झोल । हिजो राती श्रीमतीले गरेको कृयाकलाप सम्झे । "मैले छोड्ला र खाउला भन्दै थिई होला । उनको आत्मा त मैले पो खाइदिएछु, अनि आत्मा बिहिन शरीर कहाँ टिक्थ्यो र!"

हर्के धनको धनी नभए पनि मनको साह्रै धनी छ । ५ बर्षअघी पल्ला घरे माइलाको छोरीसँग मेलापात गर्दा पिरेम परेको पछी चाल पाउछ । मनको त्यो अनुभुतिलाई छर्प्रस्टै भन्न नसक्दा मनले आफ्नै मनलाई गालीरहन्छ । लाग्थ्यो "नभनेरै मेरो हाल उनले बुझेकी भए कत्ती आनन्द हुन्थ्यो । उनको मनमा मेरो लागि नि मेरो जस्तै हाल भएको भए कत्ती छिटो कुरो मिल्थ्यो ।"
प्रायस: मेलापात वा अन्य कामहरु गर्दा शारिरिक सामिप्त्यताले कान्छिको मनमा पनि एक खाले प्रेम अनौठो रुपमा अङ्कुरित हुँदै थियो । दुबैले प्रेमाभास गर्दा गर्दै उनले ब्यक्त गरोस् पहिले भन्ने नै थियो । हर्के हिम्मत जुराउन आँट गर्दै थिए । तर कान्छीको सामू पर्यो कि भिजेर निथ्रुक्क परेको मुसोको झैं हाल हुन्थ्यो । जीवनको निर्णय प्रस्ताब केटाबाट भएको दिगो हुन्छ भन्ने कुराको छाप कान्छीमा प्रशस्त पाइन्थ्यो ।
उकुसमुकुस दुबैको मन, हलचल ज्यादा भएर पोखिनै लागेको अवस्थासम्म पनि दुबै मौन । यसै क्रममा कान्छीले मन चोर्न केही घुमाउरो संवाद बुने ।
कान्छी : ए हर्के, मलाई त क्या' बिहे गर्न मन लाग्यो ।
हर्के: (अप्ठ्यारो नहोस् भनेर गलल हासेको स्वरमा) नक्कलीलाई कत्ती हत्तार नि छोराछोरिको माउु बन्न?
कान्छी: हुन्छ नि । माइला बाउको छोरी जन्मेको पनि थाहा छ, उसको बिहे भएर छोरो नै कत्रो ठुलो भैसक्यो ।
हर्के:मसँग बिहे गर्छेस् त? छोरा छोरी जे चाहिने दिउँला नि हाहा ।
कान्छी: खुब ! मसँग आँखामा आँखा जुधाएर कुरा गर्न नसक्ने हुत्तिहाराले के बिहेको, छोराछोरिको कुरा गर्छस् । सक्छस् भने माग्न आइजा न त ।
कान्छीको उक्स्याइमा हर्के उत्साहित हुँदै, "तँ हुन्छ मात्र भन् न । आँट मै गरिहाल्छु नि ।"
"लौ आज चाँही जे भए नि मनको हाल सुनाइदिएँ" भन्दै एक्लै एक्लै खुशी थिए । उता कान्छीको मनमा नि हर्केको त्यो उनिप्रती देखाइएको माया देखेर मख्ख पर्दै थिई । अहिलेको जमानामा केटाको भर पर्नुहुन्न, मलाई जस्तै बिहेको बाचा खुवाउदै कत्तिलाई रुवाएको होला । मनमा तर्कबितर्क चलिरह्यो ।
भोलिपल्ट सदा सँगै हुने हर्के आज भने आएन । उनको आशङ्काले मनमा झन फराकिलो ठाउँँ बनाउने प्रयास हुँदै थियो । कुनचाही लबस्तरिसँग होला, मलाई के खाँचो । अर्को मनले भन्दै थियो, होइन होइन मान्छे त सोझै हो । धत लाटी के सोचेको ? आँफैलाई जवाफ दिन्छ ।
खासमा हिजो कान्छीले "सक्छस् भने माग्न आइजा न" भनेकोले आफ्ना लुगाहरु धुन र सरसफाइमा लगाएको थियो ।
भोलिपल्ट चिटिक्क कपडामा "नमस्कार हजुर" आँगनमा घाम ताप्दै गरेको बुवालाई सम्बोधन गरेको शब्द कान्छीको कानमा पुग्यो । त्यो स्वरसँग परीचित नहुने त कुरै भएन । सोझो हर्केले घुमाउरो कुरो नगरि कान्छीलाई मन पराएको कुरा उनको बुवासामू पेश गर्छ । गानगान गुनगुन संबाद चलिरहदा "बिहे" शब्द चाँही उनले भित्रबाट लुकेर नै स्पस्ट सुनेकी थिई । उनको र हर्केको बिहेको कुरा गर्न आएछ भनेर भित्रबाट ती संवादहरुमा कान तन्काउदै संबादमा दौडाइरन्छ । त्यै बेला बाहिरबाट बुवाको स्वर सुन्यो, "छोरी बाहिर आइजा त । यी हर्के तेरो हात माग्न आ'का रे ! के छ बिचार ?" लजाएर भित्रै भागेपछी बुवाले कुरा बुझिहाले अनि .........!!