आखिर पोखाउनु नै थियो ...

हर्के धनको धनी नभए पनि मनको साह्रै धनी छ । ५ बर्षअघी पल्ला घरे माइलाको छोरीसँग मेलापात गर्दा पिरेम परेको पछी चाल पाउछ । मनको त्यो अनुभुतिलाई छर्प्रस्टै भन्न नसक्दा मनले आफ्नै मनलाई गालीरहन्छ । लाग्थ्यो "नभनेरै मेरो हाल उनले बुझेकी भए कत्ती आनन्द हुन्थ्यो । उनको मनमा मेरो लागि नि मेरो जस्तै हाल भएको भए कत्ती छिटो कुरो मिल्थ्यो ।"

प्रायस: मेलापात वा अन्य कामहरु गर्दा शारिरिक सामिप्त्यताले कान्छिको मनमा पनि एक खाले प्रेम अनौठो रुपमा अङ्कुरित हुँदै थियो । दुबैले प्रेमाभास गर्दा गर्दै उनले ब्यक्त गरोस् पहिले भन्ने नै थियो । हर्के हिम्मत जुराउन आँट गर्दै थिए । तर कान्छीको सामू पर्‍यो कि भिजेर निथ्रुक्क परेको मुसोको झैं हाल हुन्थ्यो । जीवनको निर्णय प्रस्ताब केटाबाट भएको दिगो हुन्छ भन्ने कुराको छाप कान्छीमा प्रशस्त पाइन्थ्यो ।

उकुसमुकुस दुबैको मन, हलचल ज्यादा भएर पोखिनै लागेको अवस्थासम्म पनि दुबै मौन । यसै क्रममा कान्छीले मन चोर्न केही घुमाउरो संवाद बुने ।

कान्छी : ए हर्के, मलाई त क्या' बिहे गर्न मन लाग्यो ।
हर्के: (अप्ठ्यारो नहोस् भनेर गलल हासेको स्वरमा) नक्कलीलाई कत्ती हत्तार नि छोराछोरिको माउु बन्न?
कान्छी: हुन्छ नि । माइला बाउको छोरी जन्मेको पनि थाहा छ, उसको बिहे भएर छोरो नै कत्रो ठुलो भैसक्यो ।
हर्के:मसँग बिहे गर्छेस् त? छोरा छोरी जे चाहिने दिउँला नि हाहा ।
कान्छी: खुब ! मसँग आँखामा आँखा जुधाएर कुरा गर्न नसक्ने हुत्तिहाराले के बिहेको, छोराछोरिको कुरा गर्छस् । सक्छस् भने माग्न आइजा न त ।
कान्छीको उक्स्याइमा हर्के उत्साहित हुँदै, "तँ हुन्छ मात्र भन् न । आँट मै गरिहाल्छु नि ।" 

"लौ आज चाँही जे भए नि मनको हाल सुनाइदिएँ" भन्दै एक्लै एक्लै खुशी थिए । उता कान्छीको मनमा नि हर्केको त्यो उनिप्रती देखाइएको माया देखेर मख्ख पर्दै थिई । अहिलेको जमानामा केटाको भर पर्नुहुन्न, मलाई जस्तै बिहेको बाचा खुवाउदै कत्तिलाई रुवाएको होला । मनमा तर्कबितर्क चलिरह्यो ।

भोलिपल्ट सदा सँगै हुने हर्के आज भने आएन । उनको आशङ्काले मनमा झन फराकिलो ठाउँँ बनाउने प्रयास हुँदै थियो । कुनचाही लबस्तरिसँग होला, मलाई के खाँचो । अर्को मनले भन्दै थियो, होइन होइन मान्छे त सोझै हो । धत लाटी के सोचेको ? आँफैलाई जवाफ दिन्छ ।

खासमा हिजो कान्छीले "सक्छस् भने माग्न आइजा न" भनेकोले आफ्ना लुगाहरु धुन र सरसफाइमा लगाएको थियो ।

भोलिपल्ट चिटिक्क कपडामा "नमस्कार हजुर" आँगनमा घाम ताप्दै गरेको बुवालाई सम्बोधन गरेको शब्द कान्छीको कानमा पुग्यो । त्यो स्वरसँग परीचित नहुने त कुरै भएन । सोझो हर्केले घुमाउरो कुरो नगरि कान्छीलाई मन पराएको कुरा उनको बुवासामू पेश गर्छ । गानगान गुनगुन संबाद चलिरहदा "बिहे" शब्द चाँही उनले भित्रबाट लुकेर नै स्पस्ट सुनेकी थिई । उनको र हर्केको बिहेको कुरा गर्न आएछ भनेर भित्रबाट ती संवादहरुमा कान तन्काउदै संबादमा दौडाइरन्छ । त्यै बेला बाहिरबाट बुवाको स्वर सुन्यो, "छोरी बाहिर आइजा त । यी हर्के तेरो हात माग्न आ'का रे ! के छ बिचार ?" लजाएर भित्रै भागेपछी बुवाले कुरा बुझिहाले अनि .........!!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।