राजधानीमा आयोजित सम्मान तथा समिक्षात्मक बहस कार्यक्रम::

राजधानीमा आयोजित सम्मान तथा समिक्षात्मक बहस कार्यक्रम::
तामाङ चौतारी समुहद्धारा हिजो राजधानीमा आयोजित सम्मान तथा समिक्षात्मक बहस कार्यक्रममा तामाङ समाजका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरु सम्मानित गरिएको थियो साथै महिला मुद्दामा चरिमायाले गरेको संघर्ष र मिस तामाङको विषयमा समिक्षात्मक बहस गरिएको उक्त कार्यक्रम ३ चरणमा विभाजित गरिएको थियो । सम्मानित हुने हरुमा एक्टिङ टुस मोडर्न डे स्लेभरी अवार्ड २०११ बाट सम्मानित चरिमाया तामाङ, रोजिना घिसिङ-मिस तामाङ २०११, कृति घिसिङ- मिस तामाङ फस्ट रनरअप) सहारा घिसिङ -मिस तामाङ सेकेण्ड रनरअप), मिलन मोक्तान -मिस तामाङ आयोजक) र रञ्जिता ब्लोन -मिस तामाङ आयोजक) रहेका थिए । सम्मानित चरिमाया र मिस तामाङले तामाङ महिला मुद्दामा सहकार्य गर्दै जाने भनाई राख्नु भएको थियो ।

नेपाल तामाङ घेदुङका अध्यक्ष कुमार योञ्जन तामाङको प्रमुख अतिथ्यता सम्पन्न भएको उक्त कार्यक्रममा तामाङहरुले गरेका संघषहरु र आगामी दिनका चुनौतिहरुलाई सम्पूर्ण तामाङहरु त्यसमा पनि विशेषगरी युवाहरु मिलेर अघि बढी ताम्सालिङ लगायतका मुद्दाहरुमा गम्भिर भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । विशेष अतिथि तथा समिक्षकका रुपमा रहनु भएका भाषाविद अमृत योञ्जनले भाषा संस्कृतिको बहाक भएको हुनाले मिस तामाङमा सहभागी हुने सहभागीहरुमा भाषा अनिवार्य राख्नुपर्ने सुझावका साथै मिस तामाङको समाजमा पर्ने प्रभावको बारेमा सामाजिक रुपमा मुल्याकन गर्नुभएको थियो ।

कार्यक्रममा अन्य अतिथिहरु तामाङ चलचित्र संघका अध्यक्ष प्रकाश ब्लोन, पूर्व मिस टुरिजम कुन्छाङ मोक्तान लगायतका वक्ताहरुले चरिमाया, मिस तामाङ र महिला मुद्दामा सयम सान्दभिक तर्क दिनुभएको थियो । कार्यक्रम तिन चरणमा विभाजन गरिएको थियो पहिलो चरणमा सम्मान कार्यक्रम गरिएको थियो । कार्यक्रमको दोश्रो चरणमा तामाङ चौतारी समूहका विनोद तामाङ -सुजन लो)ले संस्थाको अफिसियल न्यूज साइट www.tamangchautari.com.np लन्च गर्नुको साथै उक्त वेभसाइटको तर्फबाट तामाङ सञ्चार क्षेत्रमा अझ नौलो आयम थपि तामाङ समाजको विकासमा हातेमालो गर्दै जाने कुरा राख्नुभएको थियो । तेश्रो चरणमा भने कार्यक्रम सामुहिक बहसमा अघि बढको उक्त कार्यक्रमको संयोजन तामाङ चौतारी समूहका बोर्ड मेम्वर मिनु वाइबा र सभापतित्व संस्थाका उपाध्यक्ष चण्डिक लाल घिसिङले गरेका थिए भने कार्यक्रम संञ्चालन मनिकलाल घिसिङले गर्नुभएको थियो ।

समिक्षात्मक बहस कार्यक्रम सुरु भएको थियो । जसमा कुमार योन्जन, भाषाबिद अमृत योन्जन, चरिमाया तामाङ, मिलन मोक्तन, रन्जिता ब्लोन, रोजिना घिसिङ, कुन्छाङ मोक्तान, प्रकाश ब्लोन लगायतलाई वक्ताको रुपमा उपस्थित गराएको थियो । प्रतेक बक्तालाई आफ्नो छोटो मन्तब्यको लागि समय दिइएको थियो अनी त्यसपछी भने सिधै दर्शकहरुको प्रतिकृयालाई लिइएको थियो ।

चरिमाया तामाङ:
माहोल निकै गम्भिर मोडतिर मोडिएको थियो । जब उहाले आफ्नो बिगतका संघर्षका कहानीलाई सबै सामु खोल्नु भो । बेचिएकी थिई उनी, अनि गिद्धहरुले झै शरीर बारम्बार चिथोर्दा कैयौ पटक झारेका आशुहरु, अनि संघर्स गर्न हार्दा कहिले सलको पासो लगाइ मर्न खोजेको कुरा तर सल चुडेपछी बाचेको कुरा । आफ्नो भनाइमा थप्दै,"भलादमीहरुको भेला हुँदा बोल्न कहाँ पो पाईन्छ भनेर मौका खोज्दै हिड्थे । यो त बौलही हो, यस्ताको कुरा पनि सुन्ने हो भनेर गर्दा सारै मन कटक्क दुखेर आउथ्यो ।" अन्तर्वातामा कैयौ पटक बोल्दा पनि सकिएको हुन्न थियो रे मनको उकुस मुकुस ।

मिलन मोक्तान:
उहाले आफुले तामाङ कला र सस्कृतिको लागि गरिएको संघर्सका दिनहरु सम्झिनु भो । भनाइ उद्द्रित गर्दै,"सानै देखी समाज सेवामा लाग्छु भनेर सोचेको थिए, जसअनुसार आफुले सकेको योगदान पनि गर्ने प्रयास गरे । एउटा कोठाबाट डम्फु समाजको निर्मान गरेको थिए ।" अनि मिस तामाङलाई भने २००६ देखी सन्चालनमा ल्याउने आट गरेको कुरा उहाले राख्नु भो । आगामी दिनमा अझ बिशाल रुपमा मिस तामाङलाई टुँडिखेलमा नै सन्चालन गर्ने योजना समेत सुनाउनु भो ।

रन्जिता ब्लोन:
तामाङ युवतिहरुको बिशेष सौन्दर्य र ब्यक्तित्व बिकास गर्नको लागि २००९ देखी मिस तामाङ अर्गनाइजरमा काम गर्दै आएको कुरा जानकार गर्नुभएको थियो । भनाइलाई उद्रित गर्दै,"कुनै पनि सुन्दर नारीको बाहिरी आकर्शक रुपको साथसाथै त्यसभित्र अत्यन्तै सुन्दर प्रतिभा लुकेका हुन्छन् । जसलाई हामीले प्लाटफर्म दिने काम गरेका छौ । समाजले हेर्ने नकरात्मक दृष्टिकोनलाई भने हटाउनु जरुरी छ ।"

कुन्छाङ मोक्तान:
उहाले मिस तामाङ र मिस नेपालको तात्विक भिन्नताबारे आफ्नो भनाइलाई अगाडि सार्नुभएको थियो । कुनै पनि ब्युटी प्याजेन्ट केवल ब्युटीलाई हेरेर गरिन्न तर त्यसको beauty with brain को आधारमा हेर्ने गरिन्छ । तर हाम्रो समाजमा अझै पनि गलत रुपमा यसलाई ब्याखा गरिएको पाईन्छ ।

रोजिना घिसिङ:
उहाले हाम्रो तामाङ समाज भित्रको अझै खराब पक्षहरु जिबितै रहेको पाईन्छ भनेर भन्नु भो । "अझै पनि हामी तामाङहरुमा एकताको खाचो देखिएकै छ । एकले अर्काको खुट्टा तान्ने प्रबित्तिलाई हटाउनुपर्छ । सम्पूर्णलाई शिक्षाको उज्यालोको दर्शन गराउन सकेमात्र सुन्दर समाजको कल्पना सम्भव छ । "

अमृत योन्जन:
उहाले कार्यक्रमबारे समिक्षा गर्नुभएको थियो । तामाङ भाषा सम्बन्धी केही महत्वपूर्ण कुराहरुलाई अगाडि सार्नुभएको थियो । अनि मिस तामाङमा भाग लिने तामाङहरुले आफ्नो भाषा जान्नै पर्ने एक क्राइटेरिया छुट्याउनुपर्ने सुझाब दिनुभएको थियो ।

कुमार योन्जन:
तामाङहरुले गरेका संघर्सहरु र आगामी दिनका चुनौतरिहरुलाई सम्पूर्ण तामाङ मिलेर अगाडि बढ्नुपर्छ भन्ने आव्हान गर्नुभएको थियो । बिशेष गरी तामाङ युवाहरुमा जोश र जागर भरिएकै कारनले समाज परिवर्तन चाडै गर्न सक्ने कुरा ब्यक्त गर्नु भो । ताम्सालिङ लगायतका मुद्धाहरुमा गम्भिर हुनुपर्ने धारणा सार्नु भएको थियो ।

चन्डिकलाल घिसिङ तामाङ:

कार्यक्रम नारिमय भएको कुरा बताउनु भयो । भनाइ उद्रित गर्दै "नारी बच्चा जन्माउने र कोक्रोमा बच्चा हल्लाउने मात्र नभएर, चाहियो भने संसार हल्लाउने तागत नारिमा हुन्छ" भनेर आफ्नो भनाइलाई टुङ्ग्याउनु भयो ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।