गजल

सुखदुख सबै बाडी मरे सँगै मर्छु बरु
साथ पाए तिम्रै मनमा डेरा सर्छु बरु

पीडा बिनाको संसार कहाँ पो होला र
साथ पाए दुखको सागर नै तर्छु बरु

दुनियाँले भन्न पाए के नभन्ला र
साथ पाए मायाको अमृत भर्छु बरु

संघर्षविनाको जीवन कहाँ होला र
साथ पाए जे गर भने नि गर्छु बरु

स्वर्ग भोग नै  नचाहने को होला र
साथ पाए त्यही नर्कमा झर्छु बरु



0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।