बिदेशिएका तामाङहरुको स्थिती, सम्भावना, चुनौती र एनआरएनको भूमिका बिषयक बहस कार्यक्रम:

काठमाण्डौं, असोज २८ गते ।
तामाङहरुको सामाजिक सञ्जालको रुपमा अघि बढि स्थापित सामाजिक संस्था तामाङ चौतारी समूहद्धारा शनिबार राजधानीमा विदेशीएका तामाङहरुको स्थिति,सम्भावना, चुनौती र एनआरएनको भूमिका विषयक अन्तरकृया तथा सम्मान कार्यक्रम सम्पन्न भयो । कार्यक्रम तामाङ चौतारीका महासचिब तथा संयोजक विनोद तामाङ(सुजन लो) को सभापतित्वमा भएको थियो । उक्त कार्यक्रममा गैर आवासीय नेपाली(एनआरएन) तामाङ सदस्यहरुलाई प्रमुख अतिथि नेपाल आदिवासी जनजाति उत्थान प्रतिष्ठानका सदस्य सचिव पी.बी. गोलेले सम्मान पत्र प्रदान गरी सम्मानित गर्नुभएको थियो । कार्यक्रम सन्चालन तमाङ चौतारीका बोर्ड सदस्यहरु शिक्षा शान्ती वाइबा र मणिकलाल घिसिङले गर्नुभएको थियो ।

सो अवसरमा गैरआवासीय संघ कुवेतका अध्यक्ष राजेन्द्र तामाङ, गैरआवासीय संघ इटालीका कोषाध्यक्ष उर्मीला थोकर, गैरआवासीय संघ बहराइनका श्याम तामाङ, गैरआवासीय संघ कोरियाका उपाध्यक्ष मनिक लामा, गैरआवासीय संघ जर्मनीका प्रमुख सल्लाहाकार विजय मोक्तान, सोही संघका अन्र्तराष्ट्रिय परिषदका सदस्यद्दय विमल पाख्रिन र छत्र बहादुर लामालाई सम्मानित गरिएको थियो । सम्मानित एनआरएन तामाङहरुले लगानीको वातावरण मिले तथा आफूले मौका पाए तामाङ समाजको हक हितको लागि आफूले सहयोग तथा लगानी गर्न तत्पर रहेको कुरा बताउनुभएको थियो ।

यसका साथै बिदेशमा अहिले तामाङहरुको आकर्शन बढेको पाइएको तथ्याङ्क समेत् रहेको कुरा बताउनु भयो । तामाङहरु सामान्य कामदेखी लिएर हरेक ठुलाठुला प्रोजेक्टहरु सेमत चलाऊने क्षमता राख्ने तामाङहरु राखेको छ । त्यसैले स्थितिमा फरक फरक अवस्था रहेको छ । बिदेशी भुमिमा सम्भावना र चुनौतिहरु भने प्रसस्त रहेको बताउनु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उक्त कार्यक्रमका संयोजक विनोद तामाङ(सुजन लो) ले तामाङ चौतारीमार्फत रोजगारी र पढाइको सिलसिलामा विश्वभर छरिएर रहेका तामाङहरुलाई एउटै मन्चमा ल्याई समुदाय र मुलुकको बारेमा विभिन्न बहस चलानुको साथै विभिन्न सामाजिक कार्यहरु गर्दै आइराखेको जानकारी दिनुभएको थियो ।

सो कार्यक्रममा वैदेशिक रोजगार व्यवसायीहरु बल बहादुर तामाङ, कमल पाख्रिन लगायतका वक्ताहरुले वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सावधानीका विषयमा चर्चा गर्दै विदेशमा गएर आफूले गर्ने कामको विषयमा दश जनाकार भएए भाषा प्रशिक्षण लिएर दर्ता भएको म्यानपावरमार्फत विदेश जान सल्लाह दिनुभएको थियो । साथै रोजगारीको राम्रो गन्तव्य विदेशमात्र होइन, राज्यले यहाँको नागरिकका लागि राम्रो अवसर सृजना नगरुन्जेल नेपालीका लागि विदेशमै पुग्नु पर्ने नियतीले नछाड्ने दाबी गर्नुभयो ।

कार्यक्रममा समाजशास्त्री डा. मुक्तसिं लामा र डा. संग्राम सि लामाले विदेश जानु एक स्थानबाट अर्काे स्थानमा जाँदा मानिसको विकासक्रमले केहि छिटो फड्को पनि मार्ने हुदा विदेशिनु आफैमा नराम्रो होइन तथा गाउँ नै रित्तिने गरि वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थामा भने सुधार ल्याउन राज्यले स्वदेशमै रोजगारीको सिर्जना गर्न आवश्यक रहेको कुरा भन्नुभएको थियो ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।