प्रधानमन्त्री अहिले बिप्पा सम्झौंतामा मुछिएको अवस्थामा :

प्रधानमन्त्री अहिले बिप्पा सम्झौंतामा मुछिएको अवस्थामा :
जनताको एक मात्र विश्वासिला पात्र नेता बाबुराम भट्टराई केही हच्किनुपरेको अवस्था छ । देश र जनताको सधैं हितको बारेमा सोच्ने उनको ब्यक्त्तित्वमाथि नै अहिले, उनका बिरोधि र केही जान्ने बुझ्ने भनेकाहरुबाट गालीगैजका शब्दहरु सुन्न बाध्य छन् । कार्य हुनुपुर्ब नै यसखाले बिबाद आउनु दुर्भाग्य नै ठान्नुपर्दछ । भट्टराई कहिल्यै नेपालीहरुको हित बिपरित जान सकिन्न भन्ने कुरा पूर्व कार्यहरुबाट पनि स्पस्ट भाईसकेको अवस्थामा यसखाले अनाबश्यक चिजहरुलाई अगाडी सार्नु औचित्यहिन शिवाय केही हुने छैन । यसपालिको प्रधानमन्त्रीको भारत भ्रमनलाई राजनैतिक भ्रमन नभनी आर्थिक भ्रमन भनिएको थियो । भनिए अनुसार भ्रमन कुनै राजनितिक नभएर आर्थिक भ्रमन भन्न सुहाउछ पनि ।

बिप्पा सम्झौता के हो त वास्तवमा:
यो ब्यापार प्रबर्धनको लागि बिदेशी लगानी नेपालमा आयात गर्नको लागि नै हो । तर यसको गलत रुपमा व्याख्या हुँदा प्रधानमन्त्रीलाई आफुले गल्ती पो गरेछु कि क्याहो, एक भ्रम दिलाउन खोजेका छन् । जान्ने पनि बढी जान्ने भएर उफ्रिउफ्री बिरोधमा उत्रिएका छन् अनि नजान्नेहरुलाई ठुलै भ्रमा फिजाउने काम भएको छ । बिरोधिहरुको एक स्वभाबै हुन्छ "कुन चाँही बेला कमजोरी पत्ता लाइन्छ अनि हान्न पाईन्छ" भनेर । यही मौकालाई छोपी केही बिचारहिन ब्यक्तिहरुले बिचारहिन तर्कलाई अगाडि सार्दै स्थिती अझै अप्ठ्यारो तिर धकेल्न प्रयत्न गर्दै छन् ।

यो बिप्पा सम्झौता मात्र १० बर्षको लागि १० बर्षपछी स्वतह: खारेज हुन्छ । यसो हुँदा कसरी स्वाभिमान बेचिएको हुन्छ र ? असुहाउदो प्रश्न उठाउनेहरु प्रती मेरो प्रतिप्रश्न । जसमा भारतीय लगानीद्वारा नेपालमा बिभिन्न खाले योजना तथा परीयोजनाहरु नै पर्ने गर्छन् । लगानी कर्तालाई नै अप्ठ्यारोमा पार्ने खालका जुन सड्यन्त्र त बुझ्दै नबुझी उफ्रिनेहरुको भीड देख्छु, अचम्म बाहेक अरु केही लाग्दैन । नेपालीहरुले नै रोजगार पाउने अवस्था थियो, तर त्यो स्विकार्य नहुने भनेपछी नेपाली जनता साच्चै धनी पो भैसकेछन जस्तो भान भो । बीपा सम्झौता नेपालको लागि मात्र थिएन, बिस्वका अन्य राष्ट्रहरुले पनि हस्ताक्षर गरेकै हो । तर नेपालको मात्र स्वाभिमान कसरी धरापमा पर्‍यो ? मेची महाकाली बेच्नेहरुले के स्वाभिमान बेचेको थिएन ?

बिप्पा सम्झौताले दिन खोजेको सन्देश:
प्रधानमन्त्री एक सक्षम र सबैको बिस्वासिला पात्र, त्यसैले नेपाली जनतामाथि नै घात् गर्ने भन्ने सवाल नै उठ्दैन । ब्यर्थमा हस्ताक्षर गरी आफु बिबादमा मुछिनु न त चाहना नै हो । कहिलेकाही खतरा स्थिती आउँदा लुक्नुपर्छ, आफुलाई फाईदा हुँदा झुक्नुपर्छ । तर के भट्टराई झुकेकै हो त ? यसो भन्न पनि सुहाउन्न, तर झुकेको जस्तो अभिनय गरेको मात्र हो तर यसलाई गलत रुपमा व्याख्या गर्दै बजारमा "झुकेको हो" भनी हल्ला फिजाइदिएका छन् ।  सिमाका समस्याहरुमा सहमत ल्याउन प्रयास पनि गरिएका छन् । त्यसैले सिमाका समस्याहरुलाई कुट्नितिक रुपमा नै समाधानको बाटो अबलम्बन गर्न खोजिएको देखिन्छ । हामीले न त भौतिक रुपमा लड्न सक्छौ भारत सँग न त भारत सहयोग बिना हामी अगाडि बढ्न नै सक्छौ । चिनसँग ब्यापार लगानी बढाउन सक्नु अर्को बिकल्प तर भौतिक धरातालको हिसाबमा कठिनाईहरु प्रस्त छन् । तीन तिरबाट पुरै घेरेको भारत सहयोग चाहिन्न नै भनेर निर्धक्क भन्ने अवस्था पनि छैन । 

अर्थमन्त्री हुँदा थुप्रै आरोपहरु नआएका होइनन तर उनको कार्यक्षमताले सबैको मुख छोपिदिएकै थियो । आर्थिक रुपमा नेपाललाई सबल र सफल बनाउन नेत्रित्व लिए, तर नेत्रित्वकै क्षमतामाथि प्रश्नचिन्ह उठाउनु दुर्भाग्य नै भन्नुपर्छ । अर्को दिन खोजेको महत्वपूर्ण सन्देश भनेको बन्द हडताल नगरौ भन्ने नै हो । देशले धेरै घाटा बेहोरिसकेको अवस्थामा अहिले केही चेत भराउनै पर्छ जनताले ।  कोही चुप लाग्छन् नबुझेर, कोही भनेकाहरुले के सम्म भन्दा रहेछन् भनेर सुनिरहेका छन् । अनि म पनि त्यही भीडमा आफ्नो अनेक अड्कल काढ्दै बस्दै...............

नेताहरुको बोली ः
राम्रा काम गर्न खोज्दा खुट्टा तान्ने प्रबृत्ति कुनै नौलो पक्कै होईन जुन विगतका घटनाहरुबाट स्पष्ट थाहा पाईसकेको कुरा हुन् ।

गल्तीमा आफ्ना सान देखाउने नेताहरु ः
माधव कुमार नेपाललाई अहिले केपी ओलीको बानी सर्लक्कै सरेजस्तो लाग्छ । केपी ओलीको भाषन आउनुपुर्व त्यहाँ जम्मा भएका हुलजमातले उनले के बोल्छ भनी पुर्वानुमान लगाउन सकिन्थ्यो । उनको गाली यस्तै हो भनी माओवादीले पची सकेका पनि थिए, अनि त्यही भीडमा जनताले अरुचाएपनि सत्तामा लिसो झैं टाँसेर बसेका माधव कुमार नेपाल केपी ओलीको सुरक्षित ठाउँ कब्जा गरेको पत्तै पो पाईएन ।

मोहन वैद्य किरण, उनी माओवादीको प्रभावशाली नेता । स्वभावैले अलि आक्रमक लाग्ने उनको स्वभाव, अनि त्यही स्वभाव भएको व्यक्तित्वको नेतृत्वले सम्हालेका कार्यकर्ताहरु स्वभावैले उनीजस्तै आक्रमक हुनु नौलो मान्न सकिन्न । पार्टीमा आफ्नो वर्चस्व जमाउन कराएर हुन्छ कि तर्र्साएर, अनेक उपाय सोच्न उनले भ्याईसकेका हुन्छन् ।

माधव कुमारको त बोली त्यस्तो तर बैद्य निकै बुझ्ने बुद्धिमानी लाग्थ्यो, तर पछिल्लो उनको ब्यबाहारले त मेरो उनिप्रतिको धारणामै पूर्ण परिवर्तन पो आयो ।

अन्तमा: 
कसलाई विश्वाश गर्ने कसलाई नगर्ने अब जनताले बुझिसकेका छन् । तिललाई पहाड बनाइ रमाउनेहरुको जमात हामी जनताले चिन्नै पर्छ ।
घुर्की लाउदै तर्साउदैमा झुक्नु हुन्न बाबुराम ,,
बिरोधिको आवाज सुनी लुक्नु हुन्न बाबुराम ।। 

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।