“नव प्रतिभाहरुलाई सम्मान तथा बधाई कार्यक्र साथमा रिना बम्जन ‘बुद्ध’को तामाङ भाषाको गजल संग्रह ‘खसु न्हङला लनि’ (बादलभित्रको जुन)


यही मंसीर १० गते “नव प्रतिभाहरुलाई सम्मान तथा बधाई कार्यक्र साथमा रिना बम्जन ‘बुद्ध’को तामाङ भाषाको गजल संग्रह ‘खसु न्हङला लनि’ (बादलभित्रको जुन) विमोचन” कार्यक्रम राष्ट्रिय सभागृहमा सम्पन्न भयो । उर्जाराज्य मन्त्री सुर्यमान दोङको प्रमुख आतिथ्य र नेपाल तामाङ संस्कृति घेदुङका अध्यक्ष दोर्जे गोलेको सभापतित्वमा कार्यक्रम भएको थियो । सो अवसरमा विभिन्न संग संगठनका प्रतिनिधि, बुद्धिजीवी हरुलाई समेत आसन ग्रहन गराईएको थियो । कार्यक्रमलाई प्रमुख अतिथी दोङले दिप प्रज्वलन गर्दै औपचारिकता दिईएको थियो । स्वागत मन्तब्य तथा कार्यक्रमको बारे विस्त्रित जानकारी कार्यक्रम विनोद घिसिङले गरेका थिए ।
नेपाली र तामाङ दुवै भाषामा लेख्ने गजलकार रिना बम्जन “बुद्ध” ले नयाँ कृति “खसुन्हङला लनि” (बादलभित्रको जुन) ल्याएकी छिन् । २३ वर्षिया बम्जनले यसअघि “सिर्जनाका स्वरहरु” संयुक्त गजल कृति निकालिसकेकी छन् । शनिबार उर्जामन्त्री सुर्यमान दोङले कृति विमोचन गरेका थिए । प्रस्तुत गजल संग्रहमा जम्मा ४८ वटा गजलहरु समावेश गरिएको छ । प्रकाशित प्रस्तुत ४८ गजलहरुमा प्रयोग गरिएको भाव, शिल्प, प्रतिक विम्व, रस र कलात्मकता निकै सशक्त रहेका छन् ।  बिक्रम सम्बाट २०६१ मा सिन्धुलीको यकिना अगाधको "छोन्बो नाम्सा", २०६२ मा काभ्रेकी सिर्जना गोलेको "दुइला ऐना", २०६८ मा काभ्रेकै इस्वर थोकरको "पिङ्गाइ", सिन्धुलीको गोले के आर चालिसेलिको "वलिम्हेन्दो" र काभ्रेका रिना बोम्जनको "खसुनङला लनी" समेत गरी ५ वटा तामाङ गजल सङ्ग्रहहरु प्रकाशसित् भएका छन् ।
कार्यक्रममा बोल्दै रिना बम्जनले प्रकाशक पूजा लामा, सम्पूर्ण सहयोग गर्ने ब्यक्ति संघ संगठनलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै संग्रहलाई अध्ययन गरी समीक्षा गरिदिन पनि अनुरोध गर्दै कृति भित्र समेटिएका गजलहरुमध्ये एक गजल वाचन गरेका थिए । अनि आफ्नो आपा–आमाप्रति विशेष सम्मान ब्यक्त गरेका थिए ।
कार्यक्रममा नव प्रतिभाहरुलाई समेत सम्मान तथा बधाई दिइएको थियो । जसमा सिङगिङ स्टार रितु लामा, मिस तामाङ रोजिना घिसिङ, फसर्ट रनर अप तारा घिसिङ, सिटीईभिटी बाट विज्ञान संकायमा छात्रातर्फ नेपाल टप गरेका सुनिता लामा लगायतलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा नव सम्मानित प्रतिभाहरुले आफ्नो सफलताको पछाडिको संघर्षका कथाहरु सुनाएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुर्यमान दोङले “हामीले नदेखेका उनले देखेकी छन् ।” साथै बधाई तथा कृति सफलताको लागि शुभकामना दिएका थिए । नेपाल संघिय गणतन्त्रमा गईसकेको अवस्थामा अखन्डित ताम्सालिङ सहितको संविधान दीगो शान्तिको लागि तामाङहरु एकजुट हुनुपर्ने कुरामा जोड दिदैं यो सरकार यसै कुरामा अहिले प्रतिबद्धका साथ लागिपरेको बताए  ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।