स्पर्श मायाको:

तिम्रो मनमा, मेरो माया मिलाईदिऊ लाग्छ
सारा ब्यथा मनमै सारी सिलाईदिऊ लाग्छ

चिसिएर मन वरफ कहिलेकाही भएपनि
तिम्रो न्यानो स्पर्शमा विलाईदिऊ लाग्छ

पिलाउनेले अनेकथरी पिलाई दिन्छन् यहाँ
तिमीलाई नि मायाको नशा पिलाईदिऊ लाग्छ

कठोरताको सिकारमा फस्छन् मन पनि
तिम्रो स्पर्शमा नौनी झैं गिलाईदिऊ लाग्छ

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।