गजल

प्रेमको आभास मनैमा जगाईदिऊ झैं लाग्यो
सारा खुशी तिम्रै लागि मगाईदिऊ झै लाग्या

नअड्किएको नजर पनि यतै आई अड्किएछ
यति राम्री परीलाई, भगाईदिऊ झै लाग्यो

ब्यथा छोपी, पीडाको त्यो गाठो सारा फुकाइ
अरुको जालमा पर्नुअघि फकाईदिऊ झै लाग्यो

लम्बरी सुनमाथि सजाउन अझै कसी लगाई
बख्खुसँगै कानमा ढुङरी लगाईदिऊ झै लाग्यो

चुलबुल गर्ने जिब्रोलाई खुशी साट्न दिन
मीठामीठा परिकारहरु पकाईदिऊ झैं लाग्यो

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।