गजल

श्रमको बजारमा श्रम साट्न दिनुपर्छ
मह काँढ्नेलाई हात चाट्न दिनुपर्छ

वाधाअड्चनका पहाडहरु ध्वस्त पार्न
एक आपसको साथ बाँड्न दिनुपर्छ

आशाका त्यान्द्राहरुलाई जोड्न दिदै
मनसँग मनको डोरी बाँट्न दिनुपर्छ

स्वाभिमानलाई धरापमा हुर्याउनेको
हातको साथमा माथ काट्न दिनुपर्छ

सुनौलो भविष्यको सपना सँगाल्न
गर्छु भन्नेहरुलाई आँट्न दिनुपर्छ

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।