गजल

यताको ठक्करमा उता सर्दै होला
सुखको आशमा झोली भर्दै होला

आगामी चिन्ताले मन टोक्दाखेरी
पीरमा सहजै अर्को पीर पर्दै होला

दुई छाकको लागि घोड्दा नपुग्दा
एकै छाकमा टार्दै अनि टर्दै होला

सपनाहरु साकार पार्नलाई केवल
श्रम बेची कडा मेहेनत गर्दै होला

खुशीमा अर्को खुशीको पत्र थप्दै
मौकैमा उमङ्गको विऊ छर्दै होला

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।