फिल्म एक समिक्षा::


"भ्यालेन्टाइन डे" स्पेसल टार्गेट गरी बनाएको बिग बजेटको फिल्म "I'm Sorry" पुरानो नेपाली फिल्मको धारलाई पूर्णरुपमा त्याग्न नसकी, त्यही सामान्य कथाबस्तुमै सिमित रहेको पाए । अत्यन्तै मनमोहक सुन्दर द्रिश्यहरु त छन् तर फिल्मभित्र खासै प्रभाव पार्ने तत्व र खुराकहरु पाउन सकिन्न । कुल घरानकी छोरीको रुपमा केकी अधिकारी मुख्य नायिकाको रुपमा उभ्याइएको छ भने अहिलेको चल्ती हिरो आर्यन सिग्देल ट्याक्सी ड्राइभरको भूमिकामा नायक ।

कथाबस्तु:
सम्पन्नताको घमन्ड पाइन्न हिरोनिमा । घरानीया भएपनि आफ्नै खुशीको जीवन बिताउन घर त्याग गर्छन्,, अनि ट्याक्सी ड्राइभर(आर्यन सिग्देल) को दुई मिनेटको सम्बादमा माया बसी सक्या हुन्छ । होटेल नभएपछी आफ्नै घरमा डेरा दिन्छ । केही मायालु सम्बाद अनी गीत न्रित्यहरु । त्यही सम्बाद हरु बारम्बार दोहोर्याउदा के नमिल्या जस्तो लाग्छ । आफ्नो बहिनिको बिहेको लागि जम्मा गरेको पैसा हो तर पछी जागिर खाएपछी तिर्नु भन्छ । निर्देशकले बहिनी कस्ती छ देखाउन बिर्सन्छ । अनि ठीक मध्यान्तर अघी हिरोइनलाई बुवाले लग्छ भने हिरोलाई किड्न्याप गर्छ ।

पछी थाहा हुन्छ आर्यन सिग्देल त युवराज पो हुदो रहेछ । बिरामी भएर हिरोको बुवाको मृत्‍यु, त्यसैले राजाकाज सम्हाल्ने जिम्मा हिरोको । भएन फसाद । प्रियासिको यादमा पागल झै हुन्छ हिरो अनि हिरोनिको अवस्था त्यस्तै । यस्तो अवस्था देख्दा हिरोनिको बुवाले छोरीको बिहे अर्कैसँग गर्छ भने हिरोको आमा(महारानी)ले हिरोनी मर्‍यो भन्ने खबर पत्रीकामा छपाइदिन्छ । पछी त्यो झुठो खबर भएको थाहा पाएपछी महारानी लाई गाली गर्न खोज्छ तर सक्दैन । हिरोको भाई चित्रकार हुन्छ । एकताका सवारीको क्रममा हिरोनिलाई देख्छ । उनको सौन्दर्यमा मोहित हुन्छ । अनी हिरोलाई सुनाउछ "कत्ती राम्री थिई परीजस्ती " । चित्र त बनाउछ तर त्यो चित्र देखाउन्न । त्यो चित्र किन बनाउन लगाए निर्देशकले भन्ने कुरा नै अस्पस्ट ।

यता हिरोको पनि बिहे भईसकेको हुन्छ तर पछी डिभोर्स हुन्छ भने उता हिरोनिको पनि डिभोर्स । अनी दुबै पहिलोपटक भेटेको ठाउमा जान्छ । अनी मिलनमा फिल्म टुङ्गिन्छ ।

अभिनयको हिसाबमा:
अभिनय natural छैन । यस हिसाबमा नायक आर्यन राम्रो अभिनय गर्ने भएतापनि हिरोनिको अभिनय गरेकी केकी, घोकाएको जस्तो, अली हेर्दै के के नमिलेको झै लाग्छ । अन्तिम द्रिश्यमा हिरो र हिरोनिलाई केही मिटर पर राखी दौडन लगाइ अङ्गालोमा बाध्न लगाइन्छ न कि देख्नेबितिक्कै भने हेर्न लगाइदिन्छ ।

बजेट कत्ती लागे होला?
द्रिश्यहरुको रमकझमक हेर्दा लगानी निकै लागेजस्तो भान हुन्छ । शूटिङ स्थानलाई छुट्याइएको घर दरबार जस्तै छ । 6 वटा चिल्ला कारहरुको प्रयोग, हिरोनिको भ्रमनको लागि एक भ्यान, हस्पिटल उस्तै स्ट्यान्डर्ड । गीत शूटको लागि फरक स्थानहरु,,अनी पोशाकहरु ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।