Birthday special

नयाँ बर्षको सुरुवात, नयाँ उमङ्ग नयाँ बिहानी । हो ठीक एक बर्ष अघी भान्जा बाबुले धर्ती टेकेको यही दिन थियो । एक बर्षको अन्तरालमा उनमा निकै परिवर्तन, मानसिक र केही शाारिरिक व्यबहारहरु, आएको थियो । दिदी सुनाउदै हुनुहुन्थ्यो, "आजको दिनको सुरुवाती एक शुभ कार्यबाट भो" । कारण जान्न मेरो मनमा प्रश्न नउठेको कहाँ थियो र !! तर मेरो प्रश्न मुखबाट निस्कन नपाउदै जवाफमा कारण खोल्नु भो, "केही सिमसिम पानी, हुस्सु ओइरिएर भित्रै आउन लागेजस्तो अनि चिसो मौसम,,एक परेवा बारतलिको डन्डिमाथि टक्क बसे ।" दिदिले च्याप्प समाइन्जेल सम्म परेवा नउडेको रहेछ । अनी भान्जा बाबुलाई समाउन दिदा अझ रमाउदै थिए रे । बच्चा मन न हो,,केही चल्ने चिजहरु देख्दा मन प्रफुल्लित अनि त्यही प्रफुल्लित मन रमाउदा बच्चाको हाउभाउको शायद शब्दमा बयान गरी राख्नु नपर्ला नै । थप जवाफमा जवाफ मिलाउदै, "ऊ साह्रै रमाएको थियो । च्याप्प समाइदिदा परेवा मर्ने कि भन्ने मनमा डर थियो तर उसैले आफ्नो हातबाट त्यो परेवालाई उडाइदिए ।" सङ्योग भन्ने कि खोइ के भन्ने एक शुभ कार्य शुभ दिनमा भएको सुनेर म पनि खुशी नै भए । परेवा उडाएर सुख शान्तीको कामना गरिन्छ भन्ने सुनेको देखेको थिए,, त्यही अनुभव सर्लक्कै बाडिदिए । 

तर यता आफ्नो भने परिक्षाको भारले दिमागलाई निरन्तर किचिरहेको थियो । एक बर्ष पुगेको उपलक्षमा बिशेष नै गरी मनाउने तयारी, अनि त्यही तयारीको लागि सबै जुटिरहेका थिए । केक अर्डर दुई दिन पूर्व नै गरिसकेको रहेछ । थोरै पाहुनालाई मात्र निम्त्याएको त्यो सानो रमाइलो सेलेब्रेसनमा रमाइलो भने प्रसस्त लुटाइएको थियो । प्रमुख आकर्शन भान्जा बाबु, सबैको ध्यान उनैमा केन्द्रित,,अनि उनले गरिने अनौठा व्यबहारहरु । सबैभन्दा रमाइलो कुरा के थियो भने अरुले कुरा गर्दा मुखैमा हेरिरहने,,रमाइलो ज्यादा भएर हो कि गालामा दुई हातले झ्याम्मै हान्ने हेहे । अनी आफु चाँही मरी मरी हास्ने ।  

"ह्याप्पी बर्थडे टू यू नोर्गेन" लेखिएको केक टक्क अगाडि राखियो । केक नयाँ चिज जस्तो लागेर हुनसक्छ, नछोएर हेरिरहे । हजुरबुवाले एक मैनबत्ती बालेपछी झन सुहाउदो भएको थियो । मैनबत्ती बालेपछी फुकेर निभाउनुपर्ने । तर कसरी पो फुक्न लगाउने ? उसको एक गुन चाँही निकै राम्रो थियो । सिकाएको कुरा टिपिहाल्ने,,अनि आमाले फु गर भनेर फु गर्दै सिकाउन खोजे । उसले त मैनबत्ती मै मो फु गरी निभाइदिए । ताली बज्न थाल्यो, आवाजमा शुभकामनाका शब्दहरु गुन्जिरहदा ऊ भने बेस्सरी उफ्रिदै थिए रमाएर । 

केक काट्न चक्कु मम्-ड्याड्-छोराको संयुक्त हात प्रयोग गरिएको थियो । उसले त्यो केकको स्वाद समेत लिन आतुर गर्दै थिए । उसैको हातबाट केक बाड्ने क्रममा मुखमा खुवाउनुपर्ने केक नाकतिर कोच्याइदिदा हासोको फोहोरा छुट्थ्यो । सबैको हासोमा उनले समेत आफ्नो हासो साट्न भ्याउथे .....

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।