यसो बुझिराख्दा राम्रो:


माया, अर्थात मनबाट उत्पादित वा प्रतिपादित अत्यन्तै सुन्दर चिज । यसको गलत प्रयोग भो भने त्यसले मनभरी बिषको काम गर्छ भने, शुद्ध रुपमा गरिने मायाले सकुन दिन्छ । 

माया गरेर वा कसैलाई गर्छु भनी गरिने चिज होइन । कुनै पनि प्रकारको परिचय स्थापित गर्ने बितिक्कै निकटता थप्छ । निकटतालाई कत्ती समयको लागि टिकाइ राख्ने र कत्ती हदसम्म अगाडि बढाउने दुई मनबिच हुने कुरा हो । निकटताले जन्माउने सम्बन्ध "साथी" र "प्रेमिका" हो । साथीको माया प्रेमिको लागि भन्दा अझ शुद्ध हुन्छ । प्रेमिको लागि गरिने मायामा स्वार्थ मिसिन्छ । मतलब:प्रेमिलाई माया दिएपछी बदलामा मात्र उसको लागि माया गरिरहोस् हुन्छ । साथीको सम्बन्धलाई पार गर्दा प्रेमि-प्रेमिकामा परिनत हुन्छ, जसमा थुप्रै तनाबहरु आउछन् । 

कसरी छुट्याउने साथी र प्रेमिका: 
बढी केयर गर्नु हालचाल बुझ्नु र साथ दिनु, यो अवस्थासम्मलाई साथी भनिन्छ । सङ्का गर्नु, सानो कुरामा पनि टोकिरहनु । यसो भए भन्ठान्नु, साथी होइन प्रेमी बन्नु । 

(note:यी माथि पोखाइएका मेरो बिल्कुल ब्यक्तिगत धारणा हुन् । पछील्लो समयमा "साथी" र "प्रेमिका" के हो छुट्याउन नसकिराखेको अवस्थामा केही मित्रहरुलाई सुझाव स्वरुप लेख्न भ्याएँ । व्याख्यात्मक रुपमा बिषयप्रती छलफल गर्न तयार छु ।)

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।