गजल

लुट्नेहरुले देशलाई नराम्ररी लुटिसक्यो
जनताको रिसको बाँध अब फुटिसक्यो

आश्वासन त कत्ती दिए, पुरा कुनै भएन
आश्वासनमा जनताको आश टुटिसक्यो

दाजुभाइमा फुट, आरोप अनि प्रत्यारोप
भित्रभित्रै गुट बनाई, शत्रुहरु जुटिसक्यो

रोक्नुपर्छ, शान्ति जसरी नि ल्याउनुपर्छ
केहीलाई बिगतको युद्धमा नै भुटिसक्यो 

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।