गजल

बगाएका थिए नेपाली जनताले रगतको भाल
जनता जुधाईमा बन्ने भो फेरि रगतको ताल

योगदान ज्यानको–प्राणको, महान जनताको
नरसंहारको लागि फेरी आउने भो अर्को साल

पठाएको जनताको रक्षक बन्न तिनीहरुलाई
समयप्रतिकुल जनता बन्छन् सुरक्षाको ढाल

जनअभिमतको खिल्ली उडाउदै दौडिरहेछन्
फेरी आउने भो ठुलैभयाबह समस्याको छाल

गिर्न नपुगेर अझै निरन्तर फेरि गिरिरहेछन्
फन्दामा पार्न बुन्दै, अर्को षड्यन्त्रको जाल

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।