दशैँ नजिकिँदै गर्दा शुभकामना आदानप्रदानको सन्दर्भमा एक चर्चा:

बडा भनिएको चाड दशैँ नजिकिदै गर्दा शुभकामना आदानप्रदानको क्रम निकै बाक्लिएको छ । कत्तिपय ब्यक्ती तथा संचार गृहबाट "हिन्दू मात्रको बडा दशैँ" भनिरहेका छन् । यसै क्रममा अहिन्दू वा दशैँ नमनाउनेहरुले पनि शुभकामना आदानप्रदान गर्ने गरेको पाईन्छ । ठीक या बेठिक, ब्यक्तिहरुमा नितान्त भर पर्ने कुरा हुन् । मलाई कस्तो लाग्छ यस सवालमा, केही कुराहरु यसरी राख्न चाहेँ ।
नेपालमा अनेक भाषाभासी र बिबिध धर्मलाई अबलम्बन गर्ने ब्यक्तिहरु बस्दछन् । आफ्नो धर्म, संस्क्रिती र सामाजिक मान्यतालाई मान्ने-मनाउने चलन छ । चाड त्यसैले फरक फरक मनाउनु स्वाभाबिक हो । शुभकामना दिनै नहुने हो र हिन्दू मात्रको दशैँ भनेपछी? म मान्दिनँ ।
जस्तो, म ल्होछार मनाउछु । मलाई ल्होछार मनाउनेले मात्र "Happy Lhochhar" भन्नुपर्छ भन्ने छैन । ल्होछार नमनाउने दोश्रो या तेश्रो ब्यक्तिले मलाई निर्धक्क ल्होछारको कामना गर्दा आपत्ति हुन्न । त्यसैले मैले इद मनाउनेलाई "इद मुबारक" भन्नुपर्छ । उभौली/उधौली मनाउनेलाई शुभकामना दिन सक्छु ।  छँठ मनाउनेलाई छँठको शुभकामना दिन सक्छु ।  क्रिस्टमस मनाउनेलाई "मेरी क्रिस्टमस" भन्न सक्छु । यो एकअर्का प्रतिको चाँडको सम्मान पनि हुनसक्छ ।

त्यसर्थ मैले नमनाउदैँमा दशैँलाई भन्दैमा शुभकामना दिनै हुन्न भन्ने छैन । बडा रुपमा दशैँ मनाउने सम्पूर्णलाई बडा शुभकामना । नमनाउनेलाई शुभकामना दिएको छैन, मलाई शुभकामना दिनेलाई "सेम टू यू" भने भनेको छु ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।