तामाङ डाजाङले आफ्नो १११ औ नियमित श्रिङ्खलाको कार्यक्रम

३० भाद्र, काठमाडौं ।
तामाङ डाजाङले आफ्नो १११ औ नियमित श्रिङ्खलाको कार्यक्रम सम्पन्न गरेको छ । नयाँ कार्यसमिती चयन् पछीको यो पहिलो कार्यक्रम हो । नियमित रुपमा प्रत्येक महिनाको अन्तिम शनिबार साहित्यिक बाचन् कार्यक्रम गर्दै आएका डाजाङले यसपाली भने नियमित कार्यक्रम तथा नयाँ कार्यसमितिका ब्यक्तित्वहरुसँगको परिचयात्मक तथा चियापान कार्यक्रम लाई अगाडि सारीएको छ ।

कार्यक्रम दिउसो १२ बजे सुरु गर्ने भनिएता पनि प्रमुख अतिथी, अतिथिहरुको ढिला अनुपास्थितिले १:३० बजे सुरु भएको थियो । तामाङ डाजाङका नयाँ निर्बाचित अध्यक्ष बुद्ध योन्जनको सभापतित्व र प्रमुख अतिथी राष्ट्रिय प्रज्ञा प्रतिस्ठानका प्राज्ञ निमा ग्याम्छो तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा समाजसेवी, बुद्धिजिबी, कलाकार, पत्रकार, साहित्यकार र अन्य ब्यक्तित्वहरुको उल्लेख्य मात्रमा सहभागीता रहेको थियो ।

बिभिन्न क्षेत्रमा सकृयरुपमा कार्यरत ब्यक्तित्वहरुलाई अतिथितिको रुपमा आसन ग्रहन गराउदै खादार्पन गरेका थिए । कार्यक्रमलाई औपचारिकता दिन तामाङ डाजाङका सचिब रामकुमार जिम्बाले स्वागत मन्तब्य दिनुभएको थियो । नयाँ कार्यसमिती अझ द्रुत गतिमा अगाडि बढ्नेछ र यसमा सबैको साथको अपेक्षा ब्यक्त गर्नुभएको थियो । कार्यक्रम सन्चालन जिम्मेवारी सन्चु ब्लोनले लिनुभएको थियो । तामाङ भाषामा सन्चालित उक्त कार्यक्रम हेर्दा लाग्थ्यो बिसुद्ध तामाङ कार्यक्रम जस्तो ।

कार्यक्रम नियमित रुपमा झै साहित्यिक बाचनबाट सुरु गरिएको थियो । जसमा बिभिन्न साहित्यिक ब्यक्तित्वहरुले आफ्ना साहित्यिक रचनाहरुमार्फत दर्शकको मन तानेका थिए । बिना थिङ तामाङ(कबिता), तेज योन्जन(कबिता), सत्तलसिंह योन्जन(फाँपरे गीत), साम्देन दोङ(कबिता), कबिराज तामाङ(हाइकु), बाबुलाल श्याङदन(कबिता), चन्द्रबहादुर जिम्बा(गजल), राम गोम्जा(पश्चिमेली तामाङ गीत), फुलकुमार बोम्जन(कबिता), ढकबहादुर घिसिङ(छोटो कबिता), अटुट दोङ(कबिता), जनक सिंह तामाङ(कबिता) लगायतले आफ्नो स्वरमा बाचन् तथा गाउनुभएको थियो । यसैक्रममा सागर एस वाइबाले पनि आफ्नो केही बजारमा आइसकेका एल्बम तथा आउन लागेको एल्बमको गीताङ्श प्रस्तुत गर्नुभएको थियो ।

त्यसपछी भने तामाङ डाजाङले गत भदौ २२ गते राष्ट्रिय प्रज्ञा प्रतिस्ठानमा भएको माहाधिबेशनबाट चयन् भएका ब्यक्तित्वहरुको परिचय गराइेको थियो । जसमा निम्न ब्यक्तित्वहरु निम्न जिल्ला र स्थानबाट थिए ।
१)अध्यक्ष:बुद्ध योन्जन तामाङ(सिन्धुपाल्चोक)
२)उपाध्यक्ष: सन्चु ब्लोन तामाङ(ललितपुर)
३)सचिब:रामकुमार जिम्बा(संखुवासभा)
४)सह-सचिब:अर्जुन पाख्रिन तामाङ(दोलखा)
५)कोषाध्यक्ष:लीलाबहादुर दोङ(काभ्रे)
६)सदस्य:सम्बर थिङ तामाङ(भक्तपुर)
७)सदस्य:अस्मिता थिङ(नुवाकोट)
८)सदस्य:बिना थिङ तामाङ(काठमाडौं)
९)सदस्य:फुलकुमार बोम्जन्(सिन्धुली)
१०)सदस्य:सोनाम योन्जन(बारा)
११)सदस्य:मिनदोर्जे थिङ तामाङ(सिन्धुपाल्चोक)
१२)सदस्य:मोतिलाल दोङ(रामेछाप)
१३)सदस्य:मनिषा मोक्तान(सिन्धुपाल्चोक)
१४)सदस्य:चन्द्र तितुङ(काभ्रे)
१५)सदस्य:अटुट दोङ(काभ्रे)
१६)सदस्य:प्रकाश थिङ(ललितपुर)
१७)सदस्य:रोज मोक्तान्(काभ्रे)

नियमित साहित्य बाचन कार्यक्रम पछी बिभिन्न अतिथिहरुको मन्तब्यको पालो रहेको थियो ।

पदम राई:
उहाले प्रत्येक महिना डाजाङले जस्तै गरी नियमित कार्यक्रम गर्न नसके पनि प्रत्येक बर्ष बान्तवा राई भाषामा यस्तै साहित्यिक प्रतियोगिता गर्दै आएको कुरा बताउनुभएको थियो । राज्यले मात्रिभाषालाई बेवास्ता गरिएको अवस्थाबारे सबैको ध्यानाकर्षण पनि गर्नुभएको थियो । मात्रिभाषा संरक्षण र प्रबर्द्धनको लागि हामी सबै लाग्नुपर्छ भन्ने अभिब्यक्त दिनु भएको थियो । साथमा नयाँ कार्यसमितिलाई बधाई शुभकामना ब्यक्त गर्नु भयो ।

कमल तोम्याङ राई:
तामाङ भाषामा बाचित ती रचनाहरु हेर्दा सुन्दा खुशी लागेको बताउनु भो । उहाले आदिबासी जनजातिको अवस्थाबारे एक चर्चा गर्नुभएको थियो । उहाको भनाइ उद्ध्रित गर्दै, "आदिबासी जनजातिहरु नचाहदा नचाहदा पनि त्यही नचाहेकै स्थानमा बस्नुपरेको छ । तर समयले हामीलाई पनि केही गर्ने मौका दिएको छ, सम्पूर्ण रुपमा प्रयोग गर्न जान्नुपर्दछ ।"

पछील्लो समयमा जनजाती माहिलाहरु बिसुद्ध हिन्दू संस्कारका महिलाले मनाउने तीज पर्बलाई पनि मनाउन थालेको कुरा प्रती चिन्ता ब्यक्त गर्नुभएको थियो । साथमा मात्रिभाषा जानिएतापनि नेपाली, अंग्रेजी तथा अन्य भाषामा आफुलाई समाहित गर्नेहारुप्रती ब्यंग्य सेमत गर्न भ्याउनुभएको थियो ।

०४७-४८ साल तिरदेखी बिभिन्न मात्री भाषामा सेमत आउन थालेपछि राई बान्तवा भाषामा पनि बिसिश्ट साहित्य लेखन हुन सक्छ भन्ने कुरा ज्ञात पाएको बताउनु भो । तामाङहरु जनजाती मध्एको एक ठुलो जनसंख्या भएको जात भएको र काठमाडौंमा बस्ने हुँदा परिवर्तनका ठुलो उथलपुथल ल्याउन सक्ने कुराप्रती संकेत गर्नुभएको थियो । २०६२-६३ साल तिर जनजातिको साहित्यिक वा मात्रिभासाको कार्यक्रम प्रसारण गर्न गराउन सफल रहेकोमा खुशी ब्यक्त गर्नु भयो ।

तुलसा वाइबा:
नयाँ कार्यसमिती सँगै थपेको उत्साहले सधैं प्रगतिको खुड्किलो चाडह्न सकियोस भनी कामना ब्यक्त गर्नुभएको थियो ।भनाइ उद्ध्रित गर्दै, " तामाङ डाजाङले बिसिश्ट साहित्यकार जो समाजका परिवर्तनका संबाहक हुँन्, हरुलाई जन्म दिन सकियोस् । ताम्सालिङ प्राप्ती र तामाङ अधिकारको तामाङ डाजाङको भूमिका उच्च रहोस् ।" खासमा फाँपरको मिठो स्वाद लिन पाईन्छ भनेर हाम्रो फुलकुमार जिले जानकारी दिनुभएपछी मुख नै रसाएर आको छ भनेर थुक निल्न र सबै उपस्थित ब्यक्तित्वहरुको ध्यान फाँपरको रोटी प्रती केन्द्रित पार्नुभएको थियो ।

कुमार योन्जन:
समय थोरै भएको हुनाले साहित्यिक गोस्ठी वा साहित्यिक कार्यक्रममा उपस्थित हुन नपाउदा, कुन धरातलमा रहेर साहित्य लेख्नु हुन्छ भन्ने कुरामा अनबिज्ञ रहेको कुरा बताउनु भो । "साहित्य लेखन केवल साहित्य लेखनमै मात्र सिमित राखिनुहुन्न । साहित्यकारहरुले साहित्य मार्फत आफ्नो कला, संस्कार, रिमठिमका कुराहरुमा ध्यान दिनुपर्दछ । अनि मात्र त्यो साहित्यले वास्तविक परिवर्तनको प्रत्याभुत दिलाउछ" भन्नु भयो । आफ्नै भनाइमा भनाइ थप्दै, "साहित्यको मिसन सेट गर्नुपर्छ । साहित्य लेखनबाट सम्रिद्ध समुदायको निर्माण, अधिकार र पहिचानका कुरा, उन्मुक्तिको आवाज उठाइनुपर्छ " बताउनु भयो ।

उहाले तामाङ सांस्कृतिक भवन निर्माण प्रक्रियामा छौ भनेर सबैलाई जान्कार गराउनुभएको थियो । र यसको लागि आगामी १ बर्षमा ३ करोड रुपैया रकम संकलन गर्ने योजना सेमत् सुनाउनुभएको थियो । यसमा तामाङ संस्कार, सभ्यता, र सांस्कृतिक भावनालाई जगाउने बताउनु भयो ।

मान बहादुर दोङ:
२०३७-३८ साल तिर अहिलेको जस्तो खुलेर गाउने, लेख्ने समय थिएन भनी बिगतका तिक्तका बाड्नुभयो । भनाइ उद्ध्रित गर्दै, "त्यत्तिखेर बिभेदकारी शासनको बिरुद्ध आवाज उठाउने कसैले हिम्मत गर्थेन । यसो गरेको थाहा पाएमा जेलको चिसो भुइमा लड्नुको बिकल्प थिएन " । त्यत्तिखेर गाउँबाट शहर छिर्दा पारीजत सँगको भेटनुभुती सुनाउनुभएको थियो । पारीजात नानाले "तपाईहरु त भाषा जान्नु हुन्छ, लेख्नुस् न । आफ्नै भाकामा गाउनुस् न" भन्नु हुन्थ्यो । पारीजात नानाको ती हौसलायुक्त शब्दहरु सुनेर गीत लेखेर आँफैले गाउदै हिंडेको र रेकर्ड नगरेको दुखेसो पोखाउनु भो । पछी "चरिमाया दु:खला नाङरिन सिनामू", "तोर्सेला सैलुङ ह्रिनङरी" जस्ता गीतहरु रेकर्ड गर्दाको खुशी अचम्मैको थियो र तामाङमा पनि साहित्य लेखन सम्भव छ भन्ने कुराको चाल् पाइयो भनी आफ्नो बिगत कोटाउनुभएको थियो ।

उहाले सक्दो सहयोग र योगदान दिने प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियो ।

निमा ज्ञाम्छो लामा:
तामामाङ डाजाङले एक ईतिहास बनाएकोमा खुशी ब्यक्त गर्नुभएको थियो । तामाङहरु अहिले जुनासुकै क्षेत्रमा सकृय रुपमा अघी बढेको सरेको देख्न पाउनु खुशीको कुरा हो बताउनु भयो । हामी तामाङहरुले साहित्य, पत्रकारिता र आफुले गर्न सक्ने ठाउबाट गर्नुपर्छ भनी आह्वान गर्नु भयो । आफ्नो भाषाको संबर्द्धन संरक्षण आँफैले गर्नुपर्छ बताउनु भयो । बिसिस्ट संस्कार सस्क्रिती रहेको तामाङहरुको सुनौलो भबिस्य निर्माणमा सबै जुट्नुपर्ने बेला आएको छ प्त्ल्रती ध्यानाकर्षण गर्नुभएको थियो ।

बुद्ध योन्जन:
सुन्दर र उत्साहजनक उपस्थितिको लागि सन्पूर्णलाई धन्यवाद ब्यक्त गर्नु हएको थियो । तामाङ डाजाङको निर्माण प्रकृया, यसले बिगातमा र आगामी दिनहरुमा के कस्ता कार्यक्रमहरुलाई अगाडि बढाउने छ भनी आफ्नो धारणा राख्नु भएको थियो ।

तामाङ भाषालाई जोगाउने तपाईं हामी नै हौ तर आगामी पुषताले तामाङ भाषालाई भन्दा अंग्रेजी वा अन्य भाषालाई अबलम्बन गर्दै जाने हो तामाङ भाषा लोप हुनेछन् । त्यसैले यसको संरकहन र संबर्द्धनमा हामीबाट नै सुन्दर प्रयास हुनुपर्छ भन्ने कुरा ब्यक्त गर्नु भयो । र आगामी दिनमा यस संस्था र नयाँ कार्य समितिका सदस्यहरुबाट सुनौला र नौला कार्यहरु थालिने प्रतिबद्धता ब्यक्त गर्दै सहयोगअको लागि अपेक्षा गरिएको थियो ।

नयाँ कार्यसमितिमा ताम्सालिङ क्षेत्रका तामाङहरु बढी रहेको कुरा पनि जान्कार गराउनुभएको थियो ।

सन्चू ब्लोन:
तामाङ भाषामा महिनामा चार चोटि साहित्यिक कार्यक्रम हुने गर्दछन् । पहिलो शनिबार:नाङसाल क्लब नेपाल द्वारा, दोश्रो शनिबार:तामाङ श्रस्टा समाज, तेश्रो शनिबार:तामान सेमलेङ न्हान, चौथो शनिबार:तामाङ डाजाङ । तामाङ डाजाङले बिगत १० बर्षदेखी नियमित रुपमा महिनाको अन्तिम शनिबार कार्यक्रम सन्चालन गर्दै आएको कुरा जान्कार गराउनु भएको थियो । बिभिन्न साहित्यिक आन्दोलनमा तामाङ डाजाङको उपस्थिती रहेको कुरा जानकार गराउनुभएको थियो ।

अमेरिकाले नेपालको बुद्ध सम्बन्धी नै आँच आउने खालको कार्य एक कम्पनिले आफ्नो जुत्ता चप्पलमा बसधको तस्बिर राखेर गरेको कुराप्रती सबैको ध्यानाकर्षण गराउनुभएको थियो । नेपाल तामामाङ घेदुङ लगायत अन्य बौद्ध धर्मप्रती आस्था राख्ने ब्यक्ती संगठनले सो कम्पनी खारेजिको लागी कडा माग राख्दै प्रेश बिज्ञप्ती निकालेको बताउनु भयो ।

चियापान भनिएता पनि चियाको सट्टा फेन्टा बाडिएको थियो भने खाजामा फाँपरको रोटी, कुखुराको मासु, अनि सुख्खा गुन्द्रुकको अचार रहेको थियो ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।