गजल:

सोचमै तिमी अडेकी छ्यौ, शब्द लेखुँ कसरी ।
सम्झी हर दिन रात कट्छ, याद मेटुँ कसरी ।।

जता हेर्छु, उतै तिमी तस्बिर झल्झली आँखैमा ।
ठाउँ टाढा, गाउँ टाढा तिम्लाई भेटुँ कसरी ।।

घाम बनेर दिउसो आउछ्यौ, जुन बनेर राती ।
घाम र जुन एकैपल्ट अस्ताएसी देखुँ कसरी ।।

रिसाएर हेर्छु कहिले, कत्ती माया गर्छ्यौ भनी ।
रिसको बदला महा-रिस ओर्लिदा छेकुँ कसरी ।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।