सम्बन्ध र आफन्तहरु:

सम्बन्ध र आफन्तहरु:
जन्मसँगै बुवा-आमा, दाजु-भाइ, दिदि-बहिनी, श्रीमान-श्रिमतिको सम्बन्धमा बाधिन्छौ । यी सम्बन्धहरुमा को सँग निकट रहने र को सँग अली परको सम्बन्ध राख्ने "दुइ फरक शरीरका मनहरुको एकआपासका जोड्ने" प्रकृयामा भर पर्छ ।

आमा र श्रीमानसँगको सम्बन्ध:
जन्मनुको अर्थ अस्थाइ सम्बन्ध गास्नको लागि हो । "अस्थाइ सम्बन्ध" अर्थात क्षनिक सम्बन्ध अर्थात जीवन रहुन्जेल सम्मको सम्बन्ध । आमा पहिलो ब्यक्ती
हो, जसले आफ्नो सन्तानलाई छातीमा टसाउछन् किनभने आफ्नो सन्तानलाई मुटुको टुक्रा ठान्दछन् ।

कसैलाई केही भो परिवारअंा भने सबैभन्दा बढी चिन्ता र चासो आमालाई हुने गर्दछ । आमाको मायालाई त्यसैले त संसारको सबैभन्दा स्वच्छ र सुन्दर माया भन्छ । जीवनमा आफ्नो भन्दा सन्तानको चिन्ता बढी गर्छन्, अनि जीवनको अन्तिम घडीसम्म यही चिन्तामा रहन्छन् र जीवन त्याग गर्छन् । यस्तो मनलाई भाच्ने सन्तानले स्वर्गमा त के नर्कमा पनि बास पाउन्नन्, त्यसैले त मृत्‍युपछी पनि सुख छैन ।

आमाको परिवार पछीको दोश्रो आफ्नो परिवार श्रीमानको परिवार । कत्तिपय दोश्रो परिवारसँग गासिनै चाहन्नन् भने कत्तिले यो चाहना राख्दछन् । दोश्रो परिवारमा सबैभन्दा नजिकको सम्बन्ध श्रीमान सँग हुन्छ । श्रीमान अर्थात जीवन सारथी, जसमा दुइको समान हैसियत राख्दछन् ।

बिहेअघीका केही स्वतन्त्रताका चिजहरुबाट अलग्ग्याउदै केही बन्धनहरुसँग सम्झौता गर्नु पर्ने हुन्छ । काम र पेशागत हिसाबमा दुई जनामा असमानता होला तर त्यो असमानताबाट निस्केको प्रतिफलमा दुबैको प्रगती हो भनी समान खुशीमा होम्याउनुपर्छ । सम्बन्ध टिकाइराख्ने माध्यम विश्वाश हो, विश्वाशको जग बलियो बनाउनमा दुबैको भूमिका समान् हुन्छ ।

जीवन लिनुको अर्थ:
जीवन लिनु "कामको नोकर" बन्न नै हो । कामको नोकर आफु र आफुसँग सम्बन्धित आफन्तहरुका लागि हो । केवल आफ्नो लागि जिउनेहरु जिउनको लागि जिउने गर्छन् भने अरुको लागि जिउनेहरु आफु जिउनुको साथमा दु:खमा परेपनि ज्यादा खुशी र सुखी र सफल भएको ठान्दछन् ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।