मेरो बिगत आशुसेन लामा सँगको:

त्यत्तिखेर एक जना साथी कहाँ गएको थिएँ, हो याद छ अझै त्यो दिन । साउथ एशियन स्टार छनौटको कार्यक्रम इमेज च्यानलबाट प्रसारण हुँदै थिए । मात्रा तीन प्रतियोगी बाँकी, त्यसमा आशुसेन लामा पनि एक थिए । हेर्दै खाइलाग्दो ज्यान, लट्ठै पार्ने नशालु मुस्कानबाट म निकै प्रभाबित थिए । कार्यक्रम दौरानको क्रममा आशुसेन लामाको नाम खुबै कन्फ्युजन तुल्याउने खालका थिए । कार्यक्रम संचालकले आशुसेन लामा भनेर बोलाँउदा स्वयम आशुसेनले भने "अशुसेन लामा" भनेर आफ्नो परिचय दिने गर्थे । यो यसको खास शब्द र अर्थ  आशुसेन लामालाई नै थाहा होला ।

म कार्यक्रम मौका पर्दा भने कुनै एपिसोड छुटाउदिन थिएँ । तर त्यसताका नेपालमा लोड्शेडिङ भित्रिसकेको अबस्था थियो । सुरिलो स्वर भएकै कारण म फ्यान बन्न पुगे आशुसेन लामाको । सबैभन्दा बढी तानेको र आनन्द अनुभुत गराउने गीत थियो, उदय सोताङको "आज तिम्रो कुरा चल्यो, मुटुभित्र छुरा चल्यो...." लाग्थ्यो उदय सोताङ नै त्यही उभेर गाइरहेजस्तो । अनि बेलाबेलामा गरिने फरक हर्कतहरु अझै उत्कृष्ट । लाग्थ्यो  गायक होस् त आशुसेनको जस्तो स्वर भएको । शायद अंमोल सापकोटा, जो आशुसेनको प्रतियोगिताभरिको प्रतिद्वन्दी पनि कम प्रभाबशाली थिएन । तर साउथ एसियन स्टारहरुको भीडमा  उत्कृष्टले नेपालको प्रतिनिधि भएर जानुपर्दा आशुसेन छनियो, स्वाभाबिक अनि निर्णय सही । अन्तत:साउथ एसियन स्टार आशुसेन लामा भनेर चिनिएरै छाडे । सलाम ।

म सेलिब्रिटिहरुलाई लाइभ भेटेर कुरा गर्न चाहने, आशुसेनलाई भेट्न इच्छा साह्रै । २०६७ भदौ ८ गतेको कुरा, तामाङ चौतारीले एक कार्यक्रम "तामाङ फिल्म एन्ड म्युजिक अवार्ड" जमलको सास्कृतिक भावनामा आयोजना गरेको थियो । त्यत्तिखेर तामाङ गायक गायिका देखी नायक नायिका र लगभग सबै क्षेत्रबाट प्रतिनिधि भएर मान्छेहरु आएका थिए । कार्यक्रम आयोजक भएको नाताले सबैलाई स्वागत गर्ने काम जिम्मा लिएको थिए । यसो हिड्दै थिएँ, पहिलो रो छोडि दोश्रो रोमा साउथ एसिएन स्टार आशुसेन लामा र नेपाली तारा सन्तोष लामा ।

हतारोमा हात मिलाउन गएँ । लाग्थ्यो त्यात्राो स्टारहरु बोल्दैनन् तर बिल्कुल गलत घोसित भए म आँफै । नचिनेपनि चिनेझै गरी हासी हासी बोल्दा म शब्दहरु निकाल्न जवर्जस्ती बल गर्दै थिएँ । फोटो खिच्न क्यामेरा भएकालाई अह्राइहाले । कहिल्यै बिर्सिन्न ।

म अरुलाई नसम्झे नि आशुसेन लाई भने सम्झिन्थे । चौतारीमा कार्यक्रम वा मिटिङ भए बोलाउथे, उनमा घमन्ड कतै पाइन्न थियो । मिलनसार अनी अती हसिलो । त्यही एकचोटी भेटेको भरमा पछील्लो पटक भेट्दा नाम समेत याद गरेको देख्दा म अत्यन्तै रमाउथे । यस्तै यस्तै थुप्रै भेटहरुमा रमाएको ताजा अनुभव ।

आज राष्ट्र देशले चिन्ने मान्छेलाई मेरो साथी भन्न पाउदा मन नै गदगद । उनको इन्टर्भ्यु पढ्दा अझ नजिकै बाट नियाल्ने मौका पाए ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।