एक चर्चा:

तमाङको आधिकारिक लिपी कुन हो?
एक चर्चा :
ब्यक्तिगत र सामाजिक सस्थामार्फत सामाजिक कार्यमा लागेको करिब ६ बर्ष बितिएछ, यो अन्तरालमा समाजका अनेक ब्यक्ती ब्यक्तित्वहरुसँग परिचय स्थापित भो । तामाङ समाजका सुक्ष्म अध्ययन गर्ने मेरो चाहना हुँदाहुँदै कत्तिपय अवस्थामा यसो गर्नबाट चुकेको अवस्था हो ।

बेलाबखत साथीहरुले तामाङ सम्बन्धी जिज्ञासाहरु तेर्स्याउने गर्नुहुन्छ । मैले सकेसम्म र क्षमताले भ्याएसम्म चित्तबुझ्दो जवाफ दिने गर्छु । आज एक मित्रले सम्भोटा लिपी नै तामाङहरुको लिपी हो र भन्ने जिज्ञासामा स्ट्याटस राखेको रहेछ, मैले अध्ययनमा  पाएका कुरा सम्पूर्णलाई बाड्न चाहे । मेरो यो सम्पूर्ण अध्ययन भने नहुन सक्छ र कुराहरु कत्तिपय अवस्थामा बाझिन सक्छ । यहाँहरुको उचित सुझाव, सल्लाह र कुनै पनि प्रतिकृया स्विकार्य छ ।

तामयिग लिपी-सम्भोटा लिपीको सन्दर्भमा:
भाषाविद अमृत योन्जन तथा अन्य सामाजिक ब्यक्तित्वहरुसँग बहस चलाएको ताजा अनुभब छ । वास्तवमा कुरा के रहेछ भनी मनमा मेरो पनि अनेक सवाल उठ्ने गर्थ्यो । घेदुङबाट तामयिग लिपिलाई तामाङको लिपी आधिकारिक बनाउने कुरामा पहल भएको थियो । तर पछी यसमा बिबाद थपियो र कार्यन्वायन भएन ।

सम्भोटा लिपिलाई अर्को भाषामा "टिबेटन लिपी" पनि भन्ने गरिन्छ । के तामाङहरुको लिपी नै टिबेटन लिपी हुँन् त? किनभने सम्भोटा लिपिलाई तामाङको लिपी भनेर स्विकारेको अवस्था छ नि । यो बुझाई अपूर्ण हुनसक्छ ।  । बिषयप्रती अझ भित्री रुपमा अध्ययन गर्दै गएँ, कुरा अर्कै रहेछ ।

नेपालमा बसोबास गर्ने आदिमदेखिको बासिन्दा मध्ये तामाङ एक हो । त्यसैले यहाँको भुमिसँग र आफ्नै छुट्टै सस्कारसँग रमाउने जात मानिन्छ । तमाङ अर्थात घोडा चढेर युद्ध गर्ने बहादुर  योद्धा, हरुलाई सम्पूर्ण रुपमा निमोठ्याउन पाए आफ्नो बर्चस्व जमाउन सकिन्छ भन्ने त्यत्तिखेरको सामन्ती शासक-शोषकहरुको निच सोच थियो । सामन्ती शासकहरुको आगमन सँगै सोझा तामाङको त्यो ईतिहास जलाइयो, सम्पूर्ण सस्कारमाथि कब्जा गरियो र निच भन्दा निच कामहरुको नोकर तामाङ हुनुपर्‍यो । तामाङहरुको सम्पूर्ण चिजहरुलाई जलाईदा लिपी देखी भाषा सम्म ध्वस्न पारीयो ।

आफ्नोत्व जगाउने तामाङ सँग बोलिने केवल भाषा थिए.. शहरिया वा आधुनिक जमानामा रमाउन ब्यस्त कत्तिपय परिवारमा त तामाङ भाषा बोलिदैन । कत्तिपय अवस्थामा सिक्ने अबसर नपाईनु र बिबिध कारणहरु पनि हुनसक्छ । त्यही बोलिने भाषा लाई देवनगरी लिपिमा लेखक तथा साहित्यकारहरुले पुस्तक लेखेर केही रुपमा जिबित तुल्याए । आज हामी देख्न सक्छौ फरक ठाउका तामाङहरु फरक बोल्छन् र लेख्छन् । किनभने हाम्रा लेख्य चिजहरु थिएनन्/छैनन् ।

सम्भोटा लिपिसँग कसरी तामाङको लिपी जोडीयो?
जब तामाङका सम्पूर्ण लिपी देखी ईतिहास जलाइयो, आफ्नो ईतिहास खोज्ने कुनै ठाउँ थिएन । सम्भोटा लिपी जसलाई हामी तिब्बटियन लिपी भन्छौ, मा हामी तामाङहरुको ईतिहास, रिमठिम र सस्कारको कुरा लेखिएको पाइयो । लामा पढ्ने भिक्षुहरु केवल अक्षर पढ्न र कन्ठ गर्न ब्यस्त देखिन्थे, तर त्यसको अर्थ भने पुरा नबुझ्ने । त्यसमा हाम्रो ईतिहासका महत्वपूर्ण भागहरु छन् तर सम्पूर्ण रुपमा बुझेर उल्था गर्न सक्ने क्षमता राख्ने तामाङ लामा छैनन् । केही अली बढी जान्ने लामाहरुले अली बुझ्दा तर पुरा नबुझ्दा यसो भनेको हुनुपर्छ है भनी केवल आफ्नो दृष्‍टिकोण राख्छन् । त्यसैले सम्भोटा लिपी सँग नजिकको सम्बन्ध हुनुमा हाम्रो ईतिहास यस लिपिमा भएकोले नै हो।

सम्भोटा र तामयिग लिपिमा आएको बिबादको सन्दर्भमा:
तामाङहरुको पहिलो आधिकारिक सस्था नेपाल तामाङ घेदुङ संघले पछील्लोपटक तामयिग लिपिलाई आधिकारिक तामाङहरुको लिपी घोषणा गर्न अभ्यास गरेको थियो । तर पछी बिबाद परेर यो सम्भब भएन । तामयिग लिपिको फर्म्याट कसरी तयार पारीएको रहेछ यहाँ राख्नै पर्ने भयो । "सम्भोटा लिपीमा भएका केही अक्षरहरुलाई हटाएर वा तामाङ भाषामा प्रयोग नभएका शब्दहरुलाई हटाएर तामयिग लिपिको निर्माण" गरेको रहेछ । कुरा झ्वाट्ट हेर्दा ठीक पनि सही पनि जस्तो लाग्छ तर बस्स्तबिकता त्यस्तो छैन । तामयिग लिपी एक आजकल्टो लिपी बन्न जान्छ । कसरी ? कसरी भने, न त तामयिग लिपी सिकेर सम्भोटा लिपी पूर्ण पढ्न सक्छ,(किनभने सम्भोटा लिपिमा हाम्रो ईतिहास लेखेको हुन्छ, त्यही कुरा पढ्न जान्न नसकेर त्यो छुटेर बाँकी रहेका बाँकी शब्द पढ्नुको औचित्य के) फाईदा सुन्य । त्यसैले यही कुरामा बिबाद आएर तामयिग लिपि अधिकारिक लिपी बन्न नसकेको अवस्था हो ।

देबनगरी लिपी किन?
हामीलाई जुन कुरामा अभ्यास ज्यादा गराइन्छ, त्यसलाई ग्रहन गर्न सहज र सरल लाग्छ । हामी तामाङ मन राख्छौ, मनको कुरा बुझ्न सबैल्द जानेको लिपी अर्थात देबनागरी वा अङ्ग्रेजी अल्फाबेट । हामी थोरैले जान्दछौ हुनसक्छ सम्भोटा या तामयिग, तर धेरैले जान्ने र पहुच देबनागरी नै हो ।

निश्कर्श:
भएको कुरा जलाइदिदा देख्नेले देख्छन्, देख्नेले देखेको कुरा नदेख्नेलाई सुनाउछन् । अनि सुनाएका कुराहरु फैलिदै अनेक टुक्रामा बाडिन्छन्, कहिले बस्तबिकताको नजिक पुग्छन् त कहिले धेरै टाढा । त्यसैले कसैले भनेको आधारमा वा सुनेको आधारमा सम्भोटा लिपी हाम्रो हो या होइन भनेर भन्ने स्थिती छैन । तर यस लिपिमा तामाङ ईतिहास लेखिएको छ, त्यसैले यसलाई प्रयोगमा ल्याउदा आपत्ति भने हुन्न ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।