रमाइलो क्षण
'सोह्रखुट्टे उकालोमा २ बजे भेटम्ला है मणिक जि' क्लास लिदै थिए, मोबाईल Silence मा राख्दा यो म्यासेज मेरो मोबाईल इन्बक्समा कत्ती खेर पसाउनु भो थाहा पाइन । साबिकमा १:३० र त्यसैको वरीपरी छुट्टी हुने कलेज त्यही दिन चाँही २ बज्न ५ मिनेट छदा छुट्टी भो । माइक्रो या ट्याक्सी जुनसुकै माध्यमको साहरा लिएपनि कम्तिमा ३०-३५ मिनेट लाग्थ्यो सोह्रखुट्टे पुग्न । hehe हेलिकप्टर मगाउन नि नसक्ने । फेरी आफ्नो लागि कसैले घण्टौ कुर्दा प्रत्यक्ष अनुहार देखाउन लाज ।
नम्बर डायल गरे, त्यत्तिखेर २:१० घडीले हानिसकेको थियो "हजुर राजन जि, कता आइपुग्नु भो?" हत्तारिएको जस्तो, अली लजाएको डराएको जस्तो स्वरमा जवाफ आयो, "पुगिसक्नु भो मणिक जि । हेर्नु न मेरो त काम परेर निस्केकै छैन ।" अनि म पनि ढुक्कै भए, "ए उसो भए त ठिकै भएछ । मेरो क्लास भर्खर सकियो, आउँदै छु ।" माईक्रो चढे, सदा थोरै गतिमा दौडने माईक्रो त्यो दिन चाँही बेस्सरी दौडाएछ । ३०-३५ मिनेट लाग्थ्यो तर २२ मिनेट भित्रमै पो ल्याइपुर्यायो ।
"म सोह्रखुट्टे उकालोमा हरियो टिशर्ट र कालो छातामा छु है" पहिलो भेट नचिनिने सम्भावना रहन्छ भनेर सङ्केत दिनु भो । तर कालो चस्मा र कम्मरमा भिरेको क्यामेराको कुरा चाँही गर्नै भुल्नु भो कि क्या कुन्नी ! तस्बिरमा देखिराख्ने मान्छे, आखिर उस्तै त हुन्छ प्रत्यक्ष । १० मिटरको फरक दुरिबाट नै झ्वाट्ट हेर्नेबितिक्कै चिनिहाले । एक मुस्कान साट्न मात्र के भ्याएको थिए, मलाई नि चिनिहाल्नु पो भएछ हेहे ।
पहिलो भेट त्यसैले नमस्कार गर्न भ्याइहालेछु । हफहप्ती गर्मी, चिटचिट पसिनाले राजन जिको अनुहार ढाकिसकेको अवस्था थियो । नाक र यसको वरीपरी स्पस्ट पसिनाका दानाहरु देख्दा सानो बेला हजुरआमाले सुनाउनु भा'को अनुभब सुनाइहाले । "नाकमा पसिना आउने मान्छेहरु अली रिसाहा हुन्छन् । तर आफ्नो श्रीमतीलाई चाँही अत्ती माया गर्छ भनेर भनेको सुन्या थिए" । शायद उहाको व्यबहारमा ती गुनहरुको समिश्रन भएर हो कि कुन्नी, मेरा शब्दहरुप्रती कुनै आपत्ति जनाउनु भएन । मैले पनि त्योभन्दा अरु थपिन ।
पसल आइपुग्यौ । आपा-आमा सँगको सामान्य परिचयसँगै केही बेर गफमा हाकियौ । गफको लागि करीब २० मिनेट खर्छ गर्दा हामीले चिन्जानका सहकर्मी साथीहरुको ब्यक्तित्व व्यबहारको बारेमा कुरा खोल्न भ्याइसकेका थियौ । बिना थिङ तामाङ, ताम्सालिङ ब्योन दोर्जे, नैना निर्झरा, सुजन गोले, श्याम कुमार ग्लान, रिना बोम्जन, सन्छु ब्लोन, रमेश तामाङ, राजेश रुम्बा, सोनाम बज्यु तामाङ, रोशन दोङ, अटोन ज्योजो, अशोक पर्थिव, अमर सरोबर, सानु पाख्रिन लगायतका ब्यक्तिहरु हाम्रो रोजाइमा तारिफको लागि खडा गराइेका थियौ ।
थोरै बोल्ने तर धेरै सुन्ने मेरो बानीलाई निरन्तरता दिदै त्यही व्यबहार पस्किदिए । कमेराको स्क्रीन मेरै अनुहारसामु बारम्बार तेर्सिदा किन हो कुन्नी लाजले मेरो शिर झुकेको थियो । फेरी मिठो तारिफ हासोमै गर्नुहुँदा हासोमा हासो मिसिदा तेश्रो खाले अबौठो हासो ओठमा थियो मेरो । म पनि के कम, भएभरको तारिफका उहाकै लागि शब्दहरु ग्वार्ल्यम्मै खन्याइदिए लौ जा ।
सानु पाख्रिन, उहाको पहिलेदेखिको राम्रो चिन्जान रहेछ र मसँग पनि अत्यन्तै नजिकको सम्बन्ध थियो सानु सिस्टरसँग । उनको बिहेपछी भेट्न पा'को थिएन तर मौका राम्रो जुरेकोले उनको ओफिस चुच्चेपाटितिरै लाग्यौ । राजन जि बाटोभरी आफ्ना अनुभव बाड्दै हुनुहुन्थ्यो, म श्रोता बनी सुनिरहे । शब्दहरुको बिचमा अङ्ग्रेजी शब्दहरु बेलाबखत मिसाउनुहुँदा सुन्नमा पनि रमाइलो लाग्थ्यो । चुच्चेपाटी पुगेको पत्तो पाएनौ । सानु सिसलाई उनको अफिस अगाडि फोन गर्यौ, त्यहा मुनी एक क्याफे रेस्टुरेन्ट रहेछ । हामी गेटमा कुर्दै थियौ, सिस भने बाटोतिर नजर डुलाउदै बसेछन् र पो ढिलो । त्यही मुनिको वेटरलाई राजन जि ठान्नु भा'को कुरा पछी हाँस्दै अप्ठ्यारो मान्दै सुनाउन भ्याउनु भो ।
क्याफेभित्र वाइफाइ फ्री रहेछ । राजन जि पाएको सुबिधालाई सदुपयोग गरिहाल्न मोबाईल निकाल्दै फेसबूक खोल्न भ्याउनुभएछ । म चाँही लुकेर मोबाईलबाट थाहा नपाउनेगरी उहाको तस्बिर धमादम लिन ब्यस्त थिए । पछी देखाएपछी अचम्म भएर सोध्दै हुनुहुन्थ्यो ।
खाजा मगायौ । सुद्ध साकाहरी हुनुहुदो रहेछ, त्यसैले मेरो लागि बफ मम आफ्नो लागि भेज चाउमिन मागाउनु भो । सानु सिस अफिसमै भर्खर दहिचिउरा खा'को भनेर केही लिन्न भनेको भएर अर्डर त्यत्तिमै सिमित । खाजा आयो, तर चाउमिन त बफ पनि भुलेर हालिदिएछन् । परेन फसाद । बफ र मासुका परीकार नचल्ने भनेपछी त्यसलाई छुने कुरै भएन । खानको लागि सहयोग गर्न त म सिङ्गै थिए तर सबै भ्याउन सम्भव भने थिएन ।
थोरै थोरै जिस्क्याइ, थोरै थोरै गफ हकाइमा १ घण्टा बितिसकेछ । ५ बजे जसरी नि निस्कनुपर्छ भनी ठमेलबाट नै निर्णय गर्दै हिंडेका थियौ । दही चिउरा खाने दिन भकोले आमाले छिटो आउनु भन्नु भा'छ भनेर सुनाउदै हुनुहुन्थ्यो । High Quality को तस्बिर निकाल्ने उहाको Camera सामु हामी केहीबेर बस्दा ५ मात्र होइन ५ बजेर ८ मिनेट नै गैसकेछ । हत्तारिदै निस्क्यौ, बस स्टपबाट अर्को भेटसम्मको लागि बिदा भयौ । क्रमश....!!

2 comments
हामि सल्लाह, सुझावको आशा राख्दछु !
July 10, 2013 at 6:32 AM
malai pane yyastai lakna ko lage web sit chaiya ko 6 plz help me ma sanga derai kabit ra sahetay 6 plz ideya mero email id nirman_ghimire@yahoo.com or nirmanghimire@gmail.com ma patai deya hajur pratiee aavare huntaya
March 4, 2014 at 8:48 PM
निर्माण जी हजुरलाई म सहयोग गर्न तयार छु मलाई इमेल अथवा skype मा भेट्नुहोला gtjjslama@gmail.com / skype: gtjjslama धन्यवाद !!