Swimming

हो २०५७ सालको साउन महिना थियो काठमाडौं छिरेको । पहाड हुँदा चौरी खोला पौडी खेल्न निकै प्यारो थियो, त्यही सानो खोलामा पौडिन सिकेर पछी त्यत्रो सुनकोशी नदी पनि केही लाग्दइन थियो वारपार गर्न । काठमाडौं छिरेपछी भने पौडिनको लागि मौका जुरेको थिएन । करीब १२-१३ बर्षपछी साथीहरुको ख्यालख्याल गफैमा स्विमिङ पूल गए । सबभन्दा गहिरो १० फिट हुँदै क्रमश: ५ फिटको गहिराईमा स्विमिङ पूल तयार गरेको रहेछ ।

हामी साथीहरु १० जनाको जम्बो हुल बाधिएर गएका थियौ । त्यसमध्ये पौडन जान्ने ४ जना थियौ । जान्ने साथिहरु १० फिटको गहिराइमा झ्याम्मै हाम फलिहाले, मलाई मनमा चाँही डर थियो कतै १२-१३ बर्षको ग्यापमा बिर्सनु त बिर्सिन पौडी खेल्न । अर्को मनले भन्दै थियो, जाबो पौडिन के गाह्रो छ र । झ्याम्म हाम फाले लौजा ।

दुई साथीहरु त्यो १० फिटको गहिराइ देखी ५ फिटसम्म मज्जाले पौडिदै पुगिसकेका थिए । म भर्खर हाम फालेर पौडिदै थिए । ओ हो पौडिन त बिर्स्या रहिन्छ नि । मनमनै खुशी हुँदै थिए । तर नियमितको बानी नभएर होला थकाई सँगै खुब स्वास्वा भईरा'थो । ग्रुपमा जादाको रमाइलो छुट्टै हुने रहेछ । कत्ती बर्षपछी पुरानो अनुभब लिन भ्याएछु ।

महत्वपूर्ण अनुभब के रह्यो भने, एक चोटि सिकिसकेपछी पौडी खेल्न जीवन भर नभुल्ने रहेछ ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।