याद आयो

अङ्गाल्दा शिर निहुराई लजाएको याद आयो
सहजता थप्न तिमीलाई सघाएको याद आयो

हिड्न अल्छि त्यसैमा खपिनसक्नु घाम उस्तै
त्यै घाममा तिम्ले हिडाई थकाएको याद आयो

क्षनिकको तिम्रो रिसमा मुसोको झै हाल मेरो  
रिस मार्न माफि माग्दै फकाएको याद आयो

सुखमा हात बढाउनेको स्वभाबिक भीड धेरै
आपत पर्दा तिमीले हात थमाएको याद आयो

खुशीको माहोल हाम्रो जीवनमा बनाई राख्न
सँगै मिली मात्र पीडालाई भगाएको याद आयो 

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।