कतै मायामा फसेँ कि!

गन्धको थुप्रो, त्यसैमाथि सबैले झन थुक्दो रहेछ ।
मन परेको मान्छे अरुसँग मस्किदा मन दुख्दो रहेछ ।।

मेरो लागि एक मुस्कान साट्न तिमीलाई बेफुर्सद ।
त्यै मुस्कान अरुसँग साट्दा खुशी खै कता लुक्दो रहेछ ।।

बोल्न खोजे थेँ तर तिम्रा छेउछाउमा आफन्तहरु ।
मौका खोज्दाखोज्दै डरैमा भन्नलाई चुक्दो रहेछ ।।

परेलिले ढाकेका आशुहरु दुनियाँले कहाँ देख्ला र ।
मुटु दुख्न एकै चोटको प्रहार काफी पुग्दो रहेछ ।। 

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।