उनको मनलाई बाध्ने डोरी अझै बुन्न पा'छैन

कत्ती पल उनिसँगै बिताएछु, गन्न पा' छैन ।
उनलाई दिलमा सजाइसकेँ, भन्न पा' छैन ।।

उनको मनमा नि मेरो लागि माया थियो कि ।
कैयौ भेटमा त्यही कुरा चाँही सुन्न पा'छैन ।।

सहमती जनाएदेखि कुरोको टुङ्गो हुन्थ्यो ।
चालै नपाउदा मनमा उनलाई थुन्न पा'छैन ।।

मैसँग मुस्कान साट्दा लाग्छ उनी परीजस्ती ।
उनको मनलाई बाध्ने डोरी अझै बुन्न पा'छैन ।। 

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।