नरिसाऊ न प्रिया

नरिसाऊ न प्रिया अरुले जस्तो फकाउन जान्दिनँ
रिसको तातो राँपमा मनमा खुशी जगाउन जान्दिनँ

एउटा गल्ति गर्दागर्दै  अन्जानैमा अर्को गल्ती गरेँ
नभिराऊ न पगरी धोकेबाजको छकाउन जान्दिनँ

पीडामा रुन जानिनँ तर मुटु-भावनै नभा' होइन
नगाऊ न बिरहिको गीत आशु थमाउन जान्दिनँ

एक्लो जीवन एक्लै थिएँ, प्रबेश सुन्दर तिम्रो थियो
तिम्रो साथबिना मनका पीडा भगाउन जान्दिनँ

सामिप्यतामा तिम्रो सारासंसार पाएजस्तो लाग्छ
टाढिदा निकट ल्याउन टुनामुना लगाउन जान्दिनँ

 प्रस्तुती:मणिकलाल घिसिङ तामाङ
 www.ngyalalani.blogspot.com

2 comments

dherai ramro lagyo, nirantartako kamana!

थुजेछे । खासमा यो चाँही मेरी उनिलाई लेखेको नि ।

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।