ढुकुटी रित्याउने भ्रष्टको हातमा साचो छ ।।

अरुको बारे सोच्नेहरुको यहाँ आज खांचो छ
ढुकुटी रित्याउने भ्रष्टको हातमा साचो छ ।।

बोल्नै पर्ने आवाजहरु दबाइने प्रयास हुँदै छन्
सारा जनता सुक्कसुक्क आँशु पिउदै रुदै छन् ।।

यता हे¥यो यतै रोदन, उता हे¥यो अर्को क्रोदन
ब्यर्थमा भाग्यको खेल सम्झी बाँच्न विवस छन् ।।

दर्शकलाई नि खेल हेर्दाको मज्जा छुट्टै होस् न
अप्रतिस्पर्धाबाट बहुबलमा जित्न ब्यस्त छन् ।। 

शहिदको बलिदान आजको दिन ल्याउन थिएन
हामी हेर्नै नहुने दृश्यहरुलाई हेरिरहन बाध्य छौं ।।

 

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।