मुसुक्क तिमी हासिदिँदा

मुसुक्क तिमी हासिदिँदा स्वर्गै खसेजस्तो लाग्छ
चन्चल यो मन तिमीमै टाँसेरै बसेजस्तो लाग्छ

स्वर तिम्रो सुन्न नपाए, महिनौ वितेजस्तो लाग्छ
मनको कुरा खोल्न नपाए, मनै रितेजस्तो लाग्छ

राम्रो भन्छन् स्वर्ग, स्वर्ग जान विष पो खानुपर्ला
छोईदिऊ लाग्ने तिम्रो गालामा किस पो खानुपर्ला

घायल पार्ने मुस्कान छाड्दै, थोरै मात्र बोल्छ्यौ
थोरै बोल्दा पनि, मौनतामा सारा कुरा खोल्छ्यौ

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।