परदेशको सपना देखेकाहरु

साहुको ऋन
ब्याजमा स्याज, स्याजमा प्याज जोड्दा
ऋनले थिचेर उठ्नै नसकेको घरबार
सपनाभित्रको त्यो लथालिङ्ग दरबार
निरन्तर सधैं कामको नोकर
अनि
यसैको बन्धकी जीवन
त्यही जीवनबाट छुटकारा पाउन
परदेशको सपना देख्नेहरु
रेगिस्तानमा पसिनासँग श्रम साट्नेहरु
मनलाई सकिनसकी दु:खसँगै बाध्नेहरु
साथी सङ्गिनीलाई चटक्कै छाडी
गरुङ्गो मन लिएर जानुपर्दाको पीडा
कत्ती गाह्रो हुदो हुन्
सास बिनाको लास आउँदा
आमाको मुटु कत्ती दुख्दो हुन्
अनि आशु कत्ती बग्दो हुन्...........!!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।