गजल

हजारौ ब्यवधानका पहाड सजिलै चढ्न सकूँ
नेपाल आमाको रक्षार्थ दिन–रात खट्न सकूँ

ज्यानको आहुति दिनेहरुको रक्तरन्जित कथा
फेरि इतिहासका वीरगाथा पढाउन पढ्न सकूँ

वितृष्णा फिजाउनेहरुको विरुद्धको ऐक्यवद्धता
त्यही विरुद्ध धावा बोल्दै निरन्तर डट्न सकूँ

हाँसोले भरियोस् मनहरु, न कि नहोस् आँशु
भ्रष्टहरुको हात–माथ काट्न सधै लड्न सकूँ

बुद्धका ती दुई आँखाहरु शान्ति खोजिरहेछन्
शान्तिको सन्देश फिजाउदै अघि बढ्न सकूँ

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।