गजल

मायाको नशा तिमीले नराम्रोसँग पिलाएर गयौ
सुख जता त्यतैतिर आफ्नो हात मिलाएर गयौ

धाँजा फाटेका पाइलाहरुलाई सुम्सुम्याउदै थिए
कस्टको पोकोपन्तरो मेरै लागि सिलाएर गयौ

कडा थियो मन त्यस्तै दरिलो थियो मुटु पनि
सहन्थे तर मनैलाई नौनिजस्तो गिलाएर गयौ

सारा परिश्रम बेची सुखसयल दिलाउछु भन्दा
खोटै-खोट चोटै-चोट यो मनभरी दिलाएर गयौ

रोएर झरेको आशुले आफ्नै मनलाई धोएर हेरे
मनका इच्छा-आकाङ्क्षाहरुलाई बिलाएर गयौ

2 comments

ummmmmmmmmmmm mero antarmukhi aale laai kasle yesto gareu ta?

हेहे लेखेर मात्रा हेरेको है ज्योजो । .

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।