ताम्सालिङ अहिले हाम्रो जिब्रोमा झुन्डिनुको कारण के हो ? किन आबश्यक छ त ताम्सालिङ ?


ताम्सालिङ आजको तामाङहरुको आवश्यकता:
२१ शताब्दीका हामी सबै सचेत बर्ग अधिकार के हो आफुलाई के कुराले फाईदा दिन्छ भनेर छुट्याउन सक्ने भएका छौ हुनुपर्छ   पिछडिएको जातहरुले पनि आफ्नो माग आवाजलाई बुलन्द गर्न बिभिन्न किसिमका तयारीमा जुटिरहेका छन् यो बिकास सँगै हामी तामाङ समुदायले पनि ताम्सालिङको माग प्रस्तुत गरेका हौं तर राजनीतिक पार्टी भनाउदाहरु ताम्सालिङ दिनुहुन्न भनेर कम्मर कस्ने स्थितिमा ताम्सालिङको माग धरापमा पर्ने होइन भन्ने भबिस्यको खतरा देख्न सकिन्छ यो जटिल परिस्थितीमा हामी सम्पूर्ण तामाङ दाजुभाइ संम्यमियता अपनाउदै आफ्नो जायज स्पस्ट मागलाई पुरा गर्न कटिबद्ध भएर लाग्नुपर्छ

के हो ताम्सालिङ वास्तवमा ?
कत्तिपय हाम्रै तामाङहरुलाई ताम्सालिङको अर्थ के हो भन्ने नै स्पस्ट भई नसकेको स्थिती छ । चर्चा गरौ ताम्सलिङ के हो त भन्ने बारेमा !! ताम्सलिङको साब्दिक अर्थ हुन्छ, तामाङहरुले ओगटेको सा(भुमी) र लिङ(जल/पानी)। तामाङहरुको आफ्नो बाहुल्यता रहेको ठाउमा आफैले राज्य गर्न पाउनुपर्ने अधिकार नै ताम्सलिङको माग हो । जस्तै सिन्धु, दोलखा, रामेछाप, रशुवा, धदिङ, नुवाकोट, काभ्रे, सिन्धुली, मकवानपुर, जहाँ तामाङहरुको बाहुल्यता छ । ताम्सालिङ राज्य दिने बित्तिकै बाहुनछेत्री र अन्य जातलाई लखेट्नु हो भनेर सामान्य दिमागले के सोच्दो रहेछ । तर वास्तवमा त्यो बिल्कुल गलत धारणा हो ।

उदाहरनको रुपमा लिऊ, जसरी एउटा घर निर्माणमा सम्पूर्ण सदस्यहरुको हात हुन्छ, त्यसरि नै ताम्सलिङ सजाउन सम्पूर्ण तमाङहरुको उत्तिनै हात हुन्छ । यो छुट्टै राज्यको माग होइन, तर जुन ठाउमा जुन जातको बाहुल्यता छ त्यही जातले र त्यही जातको मान्छेले अधिकार लिन पाउने र आफू अनुकुल शासन प्रनाली चलाऊन पाउनुपर्छ भन्ने हो । यसो गरेमा सो क्षेत्रको बिकास हुनु भनेको सो क्षेत्रको सम्पूर्ण ब्यक्तिहरुको बिकास हुनु हो । सबैले आफ्नै क्षेत्रलाई बिकासको स्पर्श दिने हो भने सम्पूर्ण नेपालको बिकास चाडो हुन्छ । अर्को कुरा आफ्नो ठाउँ, आँफै बनाऊ भन्ने कुराको पनि बिकास हुन्छ । आफू अनुकुलको शासन प्रनाली वा पद्धती भयो भने, अधिकार सु-सम्पन्न भएको अनुभुत समेत् गर्न पाउने छन् ।

 ब्यबस्था कस्तो रहन्छ ?
नेपाल बहु भाषिय, बहु जातिय, बहु धार्मिक भएको देश हो । त्यसैले सबै भाषा, सबै जात र सबै धर्मले समान रुपमा फुल्न पाउनुपर्छ ।  ताम्सालिङले राष्ट्रलाई पहिलकै २२ से २४ से राज्यतिर बिखन्डनतर्फ कदापी लैजान्छ कि भन्ने आम प्रश्न उठ्न सक्छ । तर त्यसो हुन्न, सट्टामा बरु स्वच्छ समाज र राष्ट्र निर्मानको महान कार्यमा टेवा पुर्याउने कामको लागि खुड्किलो बन्नेछ । जहाँ तामाङहरुको बाहुल्यता छ त्यहा मात्र तामाङले राज्य चलाऊने ब्यबस्थाको लागि "ताम्सालिङ" माग राखेका हौ । हामी चेतनाको उच्च बिन्दुमा आफ्नो पाइला चालिसकेको यो अवस्थामा हामीले हाम्रो माग के हो र हाम्रो अधिकार के हो भन्ने बारे नबुझ्नु दुर्भाग्य हो ।

एकल पहिचानको अर्थ के हो ? यसमा ब्यबस्था कस्तो रहन्छ ?
मैले माथिल्लो भनाइहरुमा पनि स्पस्ट भनिसकेको छु, "जुन ठाउँमा जुन जातिको बाहुल्यता , त्यो जातले त्यस क्षेत्रको राज्यसंचालनको सम्पूर्ण ब्यबस्था सम्हाल्न पाउनुपर्छ" जस्तो रामेछापमा तामाङहरुको बाहुल्यता , तर त्यहाँभित्र तामाङबाहेकका जातहरु जस्तै मगर, राइ, नेवार, बाहुन्-क्षेत्री लगायतका जातहरु पनि बसोबास गर्छन् "एकल पहिचान" भन्नाले सो क्षेत्रमा तामाङहरुको बाहुल्यता भएकोले ताम्सालिङ नामकरन गरिनुपर्दछ, त्यस क्षेत्रमा तामाङहरुको आफ्नै खाले राज्यप्रनाली लागु गर्न पाउनुपर्दछ भन्ने हो यसो गर्दा के हुन्छ भने, तामाङले तामाङ भाषा बोलेर प्रशासन चलाऊन पाउदछन् यो क्षेत्र चाँही तामाङहरुको पहिचानको क्षेत्र हो है भन्ने कुरा "ताम्सालिङ" नामकरणबाट स्पस्ट थाहा हुन्छ

ब्यबस्था के कस्तो रहन्छ भन्ने सन्दर्भमा भन्नुपर्दा, त्यहा तामाङ बाहेकका पनि अन्य जातिहरुको बसोबास हुनसक्छन् के उनिहरुलाई चाँही अधिकार नै नदिने ? यो स्पस्ट नबुझ्दा बाहिरी सतहमा यस्तै देखिन्छ तर त्यहा ब्यबस्थित प्रणाली हुन्छन् स्वायत्त भित्र उपस्वायत्तको ब्यबस्था हुन्छ स्वायत्तताले त्यो ठाउँमा बाहुल्यता रहेको जातको अधिकारलाई सुसम्पन्न बनाइदिन्छ भने उपस्वायत्तताले त्यस क्षेत्रमा बाहुल्य भएको बाहेकका जातहरुको मागलाई सम्बोधन गर्छ त्यसैले त्यस क्षेत्रमा रहेका कुनै पनि अन्य जातले अधिकारबाट बिमुख वा बन्चित हुनुपर्दैन के कत्ती सङ्ख्यामा छन् त्यही अनुसार तिनिहरुको अधिकार सुनिश्चित गर्दछ

 ताम्सालिङ प्राप्तिमा चुनौतिका कुराहरु:
के संघियता दिदा देश टुक्रा भैन्छ भन्ने सवाल उठ्नु स्वाभाबिक हो स्वायत्त प्रदेश वा स्वायत्त राज्य के कसरी दिईनुपर्छ त्यसमा भने स्पस्ट मत आउनु जरुरी यसले बिभिन्न भाडभैलो पनि आउने सम्भावना एक राज्यबाट अर्को राज्यको मान्छेसँग दुस्मनिको भावना पनि सिर्जना हुन सकिन्छ तर संघिय राज्यको अबधारणा त्यत्तिमा सिमीत गराउनु हुन्न, किनभने यसको अपरिहार्यता छुट्टै आदिबासी जनजातिहरुले अरु जातको बाहुल्यता भएको ठाउमा आफ्नो शासन ब्यबस्था हुनुपर्छ भनेर माग राखेकै होइन, जसको बाहुल्यता जुन क्षेत्रमा त्यस क्षेत्रको मान्छेले आफ्नो अनुसारको राज्य ब्यबस्था चलाऊन पाउनुपर्छ भन्ने मात्र माग हो

 संघियताको सवाल आँफैमा एक जटिल सवाल हो हामीले माग राख्यौ पक्कै पनि तर यसले हामीलाई गर्ने फाईदा-बेफाईदा अनि समाधानका तत्काल उपायहरु खोज्नुपर्छ अन्यथा देशमा एक किसिमको नैराश्यता हिङ्सात्मक रुप लिने कुरा निश्चित संघियताको माग वा बिभिन्न आदिबासी जनजातिहरुले राखेको स्वायत्त प्रान्त वा प्रदेशको माग २४० बर्षदेखी एकात्मक हिन्दू राष्ट्र वा एकल जातिय शासन ब्यबस्थाको अन्त्य गर्दै सबै जातजातिको समान रुपमा राष्ट्र निर्माणमा प्रतिनिधित्व गर्न-गराउन तेर्स्याइएको माग हो

,

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।