किन यस्तो गर्न खोज्छन् यहाँ .....??

आधुनिकताको खोल ओड्दै मनलागी गर्न खोज्छन् यहाँ
नजाने नि सकिनसकी किन नक्कल गर्न खोज्छन् यहाँ

खोइ कता हराए थाहा छैन मौलिकताको सभ्यता हाम्रो
त्यही मौलिकतालाई चटक्कै किन बिर्सन खोज्छन् यहाँ

हेर्दाहेर्दै साइलि-माइलीले पनि डिस्को धाउन थालेछन्
त्यही मौकामा खोक्रो परिचय किन साट्न खोज्छन् यहाँ

कत्ती मिठो बनपाखामा गाउदाको त्यो गोठालोको गीत
त्यही गीतलाई र्‍याप बनाई किन गाउन खोज्छन् यहाँ

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।