कठै नेपाली जनता आज....

सह्यौ नेपाली जनताले घातै पार्ने ती चोटहरु,
अब त लुकाएर लुकिन्न तिनिहरुको खोटहरु......।।

खुट्टा उचाले अब जनताले सिधै भाचिने छन्,
त्यही खुशीयालिमा सारा जनता नाचिने छन्......।।

सपना बुन्दै काजी पनि आए अनि पाजी पनि आए
तिनिहरुले केवल आफ्नै ब्यक्तिगत स्वार्थलाई धाए......।।

देशलाई त आफ्नै ब्यक्तिगत पेवा ठान्छन् यिनिहरु,
बिकास सुन्य जनताकै पसिना सोस्दै खान्छन् यिनिहरु......।।

आशु रोएर रित्तिएला बरु, तर हेर्दैनन् कहिल्यै फर्किएर,
आफैलाई खुबै मालिक बनाएर, खुरुखुरु हिड्छन तर्किएर......।।

5 comments

I just will visit your site for sure........

सुन्दर प्रस्तुती ब्रो। हाम्रो देशका शासकहरुको चरित्रलाई जस्ताको तस्तै उतार्नुभाको रहेछ अनी तिनिहरुको खेलौना हाम्रो हालत पनि।थुजेछे ब्रो।

थुजेछे ब्रो यहाँको अमुल्य प्रतिकृयाको लागि ।

लासो फ्याफुला साथी मनिक ,
सुन्दर लग्यो यहाँ को आवाज हरु l

लासो फ्याफुल्ला मित्र,,,,
धेरैधेरै धन्यवाद तपाईंको सुन्दर प्रतिकृयाको लागि । अहिलेको देशको परिस्थितीलाई हेर्दा मनमा लागेको केही कुराहरु पोखाउने चेस्टा गरेको हुँ । रुचाइदिनु भो खुशी लाग्यो । निरन्तर होस् तपाईंको हौसला र प्रेरणाका यी आवाजहरु .......

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।