गजल

मौलाउन नपाएको हाम्रो यो प्रेमलाई हुर्काउने कतै माउ छैन
सुख किन्ने यो स्वार्थी संसारमा मेरो दुःखको कतै भाउ छैन

तिमी आयौ मनमा बास बस्न, थाहै नदिई सुटुक्क गईगयौं
बल्ल पो थाहा पाए मैले, तिम्रो मनमा मेरो कतै नाउ छैन

चारैतिर मायाको ठूलै गुन्जायमान गर्ने मनको धोको थियो
कताबाट आई अनायासै चोट दियौं, नदुखेको कतै घाउ छैन

खुशीलाई अँगाल्दै सुखसँग आफ्नै सानो संसारमा बाँचिरहेथे
तिमी मेरो गन्तब्य, तिमी नै पन्छिदिदा पुग्ने कतै ठाउँ छैन

5 comments

लास्सो फ्याफुला साथी मनिक ,
भित्री मन लाई नै स्पर्श पर्ने यहाँ को मन का तरङ्ग हरु सन्चै स्वर्णिम लग्यो l

लासो फ्याफुल्ला मित्र ।
तपाईंको यस किसिमको हौसलाले अझ थप प्रेरणा मिलेको छ । आभारी छु तपाईंको शब्दहरु प्रती ........

sundar... ati sundar,...... keep it up.

थुजेछे यहाँलाई पनि सुन्दर प्रतिकृयाको लागि,,,यस्तैयस्तै सल्लाहसुझावहरु र मेरो कमी कमजोरीहरुलाई औल्याइदिनु भो भने अझ आभारी हुने थिए ...........

धेरै धेरै धन्यवाद समी साथिलाई ।

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।