एक बिश्लेशन.........

नेपालको स्थिती सुध्रिएला भनेर त अब हामीले सपनामा मात्र देखेपनी हुन्छ जस्तै भयो । १९ दिने आन्दोलनको जन-भावनालाई किल्चेर अहिले नेताहरु कुर्सी तानातानको लागि फोहोरी खेल खेल्दै छन् । सहमति-सहकार्यको "स" समेत उच्चारण गर्न चाहिरहेका छैनन । सबै आफ्नै अडान, आफुले भनेको जस्तो भने सहमती नत्र बिमती यस्तै-यस्तै ।

अहिले माओवादी कार्यकर्ताहरु लाखौंको सङ्ख्यामा काठमाडौं उत्रेका छन् । जुन रुपमा माओवादीले यो आन्दोलन शान्तिपूर्ण रुपमा हुनेछ भनेको थियो त्यही रुपमा अगाडि बढेको छ । उनिहरुले महिनौ देखी तयारी गरेको खुकुरी र लाठी तालिमको स्तिमाल गरेका छैनन्, र एकदमै भलादमी पारामा आन्दोलन बढीरहेको छ..........


ठुला तीन दलका राजनीतिक नेता भनाउदाहरुले जनतालाई सधैं निरासातिर डोर्याउने काम मात्र गरिरहेका छन् । जुन किसिमको सहमती बन्नुपर्थ्यो र देशलाई चाडोभन्दा चाडो निकाशा दिनुपर्थ्यो त्यो भैरहेको छैन । माधव कुमार नेपाल आफ्नै पार्टी भित्रको ६० जनाले रजिनामा दिनुपर्छ भनेर भन्दा पनि अट्टेरी गरेर कुर्सी समातिरहेको छन् । अब देशको ठुलो पार्टी नेकपा माओवादी सडकमा छन्, त्यसैले देश कता तिर जाला भन्ने जनतामा ठुलो भय छ । महङीले आकाश छोएको छ ।

देशको सिमा सुरक्षाको लागि खटाइनुपर्ने नेपाली सेनालाई नेपाली जनतालाई मार्न वा दबाउन नै प्रयोग गर्ने कुचेस्टा गर्न खोजिरहेका छन् । फेरी यस्तै हालत हुँदै गयो भने त्यही १० बर्से जनयुद्ध नदोहोरिएला भन्न सकिने स्थिती छैन । अनि देश फेरी १० बर्षपछी धेकेलिने कुरामा कुनै सङ्का नै नरहला । २०११ लाई पर्यटन दिवसको रुपमा मनाउने नेपाल सरकारको सपना त्यसै तुहिने छन् । अहिले देखी नै बिभिन्न संचार ाध्यमहरुबाट के समाचार आउन थालेको छ भने, "नेपाल जादा होस् पुर्याउने भनेर सरकारले नै नागरिकअलाई सचेत गर्ने-गराउने" काम भएको छ ।

चारैतिर निरासको बादल मडारिएको यो स्थितिमा नेपाली जनता जताबाट पनि मारको चेपमा परेको छ ।आफु-आफु झगडा गर्छन्, तर तिनिहरु सोच्दैनन् कि यसले कत्ती ठुलो असर पारीरहेको हुन्छ जनतालाई भनेर । देशलाई चुर्लुम्म डुबाइ आफ्नो आफ्नो भुँडी भर्छन्, शब्द केर्छन् तर व्यबहारमा लागु हुँदैन । जनताको छोराछोरीहरु अहिले घामपानी नभनी सडकमा छन् तर तिनिहरुको त्यो पीडालाई देखेपनि माकुने जस्ता गिरेको ब्यक्तीले नदेखेझै गरी आफ्नै अडान कायम राख्न खोज्छन् ।

माओवादीले उठाएको अहिलेको माग एक किसिमले जायज नै छ तर जायज हुँदा-हुँदै त्यसभित्र थुप्रै त्यस्ता नाजायज कुराहरुपनि छन् । जस्तो कालिमाटीको तरकारी बजारबाट उत्पादन गरिएका तरकारीहरु बजारमा पुग्न नपाउदा कुहिएका छन् भने बजारमा तरकारी नहुँदा यसको भाउ आकाशिएको छ । आखिरमा मारमा त जनता नै त परे । दिनभरी काम गरेर खानुपर्ने भरियाहरु भारी बोक्न नपाउदा बेलुकाको छाक टार्न सक्दैनन्, बन्दको मार त्यही साधारण जनतालाई न परे । को मरे को बाचे, नेताहरुलाई के थाहा छ र ? अहिले आन्दोलन गरेर टाउको फुटाउने ती जनताकै छोराछोरी हुन नेताहरुलाई के नै फरक परे र ?


यो नै उसको पहिलो र अन्तिम चोटिको अबसर हो नि । जनताले त उहिने नै नरुचाएर फालिसकेको, अहिले सम्म लुछेरै भएपनी बाचेकै रहेछ । अब त घाटी समातेर घोक्र्याइहाल्नेछ नि । जनता धेरै सचेत भैसकेको छ । त्यही भएर हामीले कुन पार्टी गलत हो र कुन पार्टी सही हो भनेर छुट्याउनु भन्दा पनि कस्ले देशको बारेमा अली भएपनि गम्भिर रुपमा सोच्छ भन्ने कुरालाई बिश्लेशन गर्नु जरुरी छ जस्तो लाग्छ । बाँकी हाम्रो सोचाइ र भोगाइमा भर पर्ने कुरा हो ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।