उत्पीडित जागरण समाज नेपाल द्धारा रसुवाका बिस्थापित १६ घर परिवारलाई राहत वितरण (फोटो फिचर)


मणिकलाल घिसिङ तामाङ 
अशोज ४, रसुवा |


उत्पीडित जाँगरण अभियान समाजले एक कार्यक्रम बिच साउन २२ गते बिस्थापित १६ घर परिवारलाई राहत बितरन गरियो । त्यसै गरी पहिरोबाट बिस्थापित परिवारका कुवापानी स्थित श्री मालिका प्रा.वि.का २२ जना विद्यार्थीहरुलाई ब्याग, कापी, पेन्सिल लगायतका शैक्षिक सामाग्रीहरु बितरन गरियो । संस्थाका महासचिब मणिकलाल घिसिङको सभापतित्वमा भएको उक्त कार्यक्रममा उत्तरगया गाउँपालीकाका उप-प्रमुख चमेली गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुमित्रा पौडेल, प्रधानाध्यापक पूर्ण बहादुर घलेलाई आसन ग्रहन गराएको थियो । राहत बितरणको निमित्त संस्थाको तर्फबाट उषा घिसिङ, चक्र घिसिङ, रमिता लामा, निङमार दोङ, लालकुमारी दोङ, नवराज घिसिङ, शंकर योन्जनको टोलीलाई उप-प्रमुख गुरुङले खादार्पन गरी स्वागत गरेका थिए ।
उत्पीडित जाँगरण अभियान समाजले गत महिना देखी खुल्ला रुपमा बाढी पीडितहरुको निम्ती राहत संकलन अभियान संस्थाका कोषाध्यक्ष गुन्जमान लोप्चनको संयोजकत्वमा सन्चालन गर्दै सबैमा सहयोगको लागि आव्हान गरेको थियो । सोही अभियानको निमित्त सहयोगी देश तथा बिदेशमा रहेका मनहरुले सहयोग प्राप्त भएको थियो । तराईका ती पीडाहरुमा मल्हम लगाउने हाम्रो प्रयास सार्थक पनि हुँदै थियो । तर गत साउन २२ गते रसुवा जिल्ला स्थित पहिरेबेशीमा ठुलो पहिरो गयो । बाढी पीडितको निमित्त साकार र अन्य संघ संस्थाहरुको सहयोग पर्याप्त आएको हुनाले त्यसभन्दा बढी पीडितको निमित्त राहत बितरण गर्दा प्रभाबकारीता अझ बढ्दो हुने संस्थाको आधिकारिक निर्णय पारीत गर्दै पहिरो पीडितको लागि राहत बितरन गरिएको थियो ।
कार्यक्रममा बोल्दै बिद्यालय ब्यबस्थापक समितिका धन्यवाद व्यक्त गर्दै अध्यक्ष पौडेलले भने, "हामीलाई धेरैले सम्झेर राहत बाड्न आउनुहुन्छ । हाम्रो त भाग्य मै माग्ने हो क्यारे, केही दिन सकेनौँ अरुलाई ।" बिद्यालयका प्रधानाध्यापक घलेका अनुसार पहिरो र अन्य असुरक्षित कठिनाईका कारण ब्यबस्थित ठाउँमा पठन-पाठनको निमित्त हालसम्म यो बर्षमात्र ४ ठाउँमा स्कूल सार्नुपरेको बताए । थप्दै भने, "शिक्षा सबैको चाहना हो । हामीले त्यसको निमित्त तीन कोठाहरु प्रयोग गरेर अध्ययन-अध्यापन गराइरहेका छौँ । दिउसो भरी क्लास रूम हुने कोठाहरु राती सुत्ने कोठाको रुपमा प्रयोग गरेका छौँ ।"
उप्त्पीडित जाँगरण समाजका महासचिबले संस्थाको परिचय दिँदै यस संस्थाको स्थापना के कसरी भयो र यसका उद्धेश्यहरु के के हुन् भन्ने बारेमा जानकारी गराएका थिए । थप्दै भने, "बिभिन्न सामाजिक कार्यकलापहरु गर्दै आएका यस संस्थाले राजनैतिक सहभागीतामा पनि उत्तिकै भूमिका निभाउदै अाई रहेको छ । संस्थाको नाम अनुसारको काम अर्थात उत्पिडनमा परेका जातजाती, बर्ग, समुदायको पीडालाई अभियान सन्चालन गरी जाग्रित गर्ने कार्यहरु गर्दै अाएको छ ।"
कार्यक्रममा प्रमुख अतिथी गुरुङले संस्थाको कुनै पनि अभियान या कार्यहरुमा आफ्नो तर्फबाट गर्न सक्ने सम्पूर्ण सहयोग गर्न तत्पर रहेको बताए । उनले थप्दै भने, "यस संस्थाको उद्धेश्यहरु फराकिला रहेछन । भोलीका दिनहरुमा यस गाउँपालीकाको तर्फबाट पनि प्रतिनिधित्व गर्ने हिसाबको कार्यक्रमको फर्म्याट तयार पार्नुहोला।"
यस अभियानलाई आर्थिक रुपमा स्वदेश तथा बिदेशमा रहेका बिभिन्न ब्यक्तिहरुलाइ संस्थाको स.कोषध्यक्ष सम्झना लामाले महत्वोपूर्ण भूमिक खेल्नु भएको थियो भने ।सहयोगी व्यक्तिहरु, सिमा ब्लोन, एम डि बल, दावा मोक्तान, लालकुमारी दोङ, गुन्जमान लामा, साङमू थोकर, शरु लोपचन, नानू गोम्जा, मणिकलाल घिसिङ, बेत्ता घिसिङ, गणेश तामाङ, राज योन्जन, सम्झना लामा, निरमाया योन्जन, सागर लामा, मन्जु तामाङ, बिमल गुरुङ, लरी लामा, देव बहादुर लोप्चन, शान्त बहादुर तामाङले गरेका थिए । राहत बितरण कार्यक्रमलाई संस्थाका केन्द्रिय सदस्य चक्र घिसिङले सन्चालन गरेका थिए ।


















0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।