आपाको जन्मदिन

केही दिन अघी बुवाका "मेरा जिन्दगीका पानाहरु" शिर्षक अनुभुती र संस्मरन पढ्दै गर्दा जन्मदिन थाहा पाएको थिएँ । फेसबूकले उठ्नेबितिक्कै नोटिफिकेशन हुर्‍याईहालेछ मोबाइलमा । हाम्रा (छोरा-छोरी, नातीहरुसमेतका) जन्मदिनमा केही न केही बिशेष मौका जुराईदिने बुवा, को जन्मदिन यसअघी कहिल्यै मनाएको थिएन र थाहा पनि थिएन । ५५ औ बसन्तमा प्रबेश गरिरहँदा हाम्रा निमित्त धेरै खुशीहरु साट्नु भो । दु:ख पर्दा हाम्रा साथहरु कहिल्यै छोड्नुभएन । अथवा यसलाई यसरी व्याख्या गरौ, "दु:खसँगको हामीइलाई अलग्याई राख्नुभो" ।
थाहा भो, आज त बुवाको जन्मदिन । केही बिशेष खुशीको माहौल बनाउनुपर्ला । मनभित्र योजनाहरु अब्यक्त थिए । जेठा दाईले ठ्याक्कै मनको कुरा छिन्नु भो, "यसो केक पो ल्याउनुपर्ला कि क्या' हो ?" मैले प्रस्ताबलाई रत्तिभर ढिलाई नगरी समर्थनमा, हुन्छ, भनिदिएँ । योजना बन्यो । बुवा अली तडक-बडक मन नपर्ने मान्छे, तेसो गर्दा गाली पो खाइन्छ कि लाग्थ्यो । तर ५५ औ बर्षको प्रबेशमा एउटा खुशी मनाउन क्षण सिर्जना गरौ भन्ने हाम्रो निर्णय सफल भयो । साना साना खुशीका दानाहरु उनेर हामीले बुवालाई खुशी बनाउन लाइदिने निर्णयमा सबै खुशी थियौ ।
सम्पूर्ण चिजहरुको ब्यबस्थापन गोप्य रुपमा चल्दै थियो । सदा झै बुवाको ड्युटीबाट ९ बजे घर प्रबेश । अगाडि नै तयार पारेर लगेको केक देखेर दाइको छोरा, भतिज, ले "कसको ह्याप्पी बर्थ डे आज काका ?" तोते बोलीमा सोधीरहेथ्यो । मैले म्हेमेको जवाफ दिएँ । म्हेमे देख्नेबितिक्कै "ह्याप्पी बर्थडे म्हेमे" उसका शब्दमा बुवाका मुहारमा स्पष्ट हाँसो खुल्दै थियो । रूममा जानु भो । केक लिएर ठुल दिदी बुवाको प्रबेश गर्दै गर्दा, अली अप्ठेरो र लाजकै जस्तो बोलीमा "खाप्पाला गे ओम् चुराङबा मफत्ला?" (कसको काम हो यस्तो बेकारमा?) स्पष्ट सुनिदै थियो । आमा यिनिहरुकै त हो, हामी तिर इंगित गर्दै जवाफ हुर्‍याउदै हुनुहुन्थ्यो ।
म्याजिक क्यान्डल, अनि ५ र ५ का दुई क्यान्डलहरु । बुवाका फुकाईमा क्षणभरमा ननिभिकन टिकिरहेको थियो । तेसमा "ह्याप्पी बर्थ डे टू यु" को आवाज चर्को स्वरमा नोर्गेन, भान्जा, र याङजेन, भतिज, को स्वरमा झन चर्को थियो । केक काट्नु भो । सबैले आमालाई अह्रायौ, "आपादा ख्वागोले" (बुवालाई खुवाउनु न" । आमाको हाँसोमा बुवाको लजाई । ओ हो, क्या द्रिश्य थियो । ख्वाई नै हाल्नु भो । साना भतिज र भान्जाका उच्च स्वरहरु, सबैलाई हाँस्न मिलेको मौका अनि खुशी बाड्ने एउटा सँगैका क्षण, जीवनको पहिलो आनन्दिलो क्षण थियो । क्रमश...

,

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।