तामाङ भाषाको-१५५ औं साहित्यिक कार्यक्रम (ग्योइकाइ गेताङ) सम्पन्न ।

काठमाडौं, २९ साउन ।

तामाङ भाषाको १५५ औं साहित्यिक श्रृंखला सम्पन्न भएको छ । तामाङ डाजाङ साहित्यिक संस्थाले काठमाडौंको प्रदर्शनी मार्गमा आज ग्योइकाइ गेताङको १५५ औं श्रृंखला सम्पन्न गरेको हो ।

तामाङ भाषालाई साहित्य मार्फत संरक्षण र प्रर्वद्धन गर्ने उदेश्यले सन्चालन गरेको आजको ग्योइकाई गेताङमा मनिकलाल घिसिङ, योगेश राल्फाली, शान्ति दोङ, फूलकुमार बम्जन, बुद्धराम थिङ, राम बि. लामा, अर्जुन पाख्रिन, राम गोम्जा, इश्वर थोकर, विस्मात जीब, मिथिला स्याङ्तान, रोज मोक्तान, ङेमा थाङ्पाल, अमिर योन्जन, टंकलाल दोङ, निकिता वाइबा, रन्जना मोक्तान, संगीता थिङ, ढकबहादुर घिसिङ, सत्तलसिं योन्जन, हिरा गोले, ठुलीमाया थोकर, कान्छिमाया थोकर, बिपना दोङ, मिलन लामा लगायत २ दर्जन भन्दा बढी स्रष्टाहरुले तामाङ भाषामा कविता, गजल तथा मौलिक फापारे गीत प्रस्तुत् गरेका थिए ।

तामाङ डाजाङका अध्यक्ष सन्चु ब्लोनको अध्यक्षता तथा निकिता वाइबाको संयोजकत्वमा सम्पन्न उक्त ग्योइकाई गेताङमा हालै मात्र ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७३’ बाट पुरस्कृत हुनुभएको तामाङ डाजाङका पूर्व अध्यक्ष बुद्ध योन्जन लामालाई संस्थागत रुपमा बधाई ज्ञापन गरेको थियो । त्यसैगरी डाजाङको नियमित ग्योइकाई गेताङ संचालनका लागि सहयोग गरे वापत तामाङ डाजाङका सदस्य हाल जापानमा रहनु भएका मीनदोर्जे थिङलाई पनि धन्यवाद ज्ञापन गरेको थियो ।
साभार :तामाङ डाजाङबाट

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।