नेता मधेश जाऊ अभियान:

मणिकलाल घिसिङ तामाङ
२०७२/०७/२४, काठमाडौँ |
आज बिहान १०.३० बसन्तपुरबाट एक युवाहरुको समूहले एउटा अभियान थालेको छ | कुकुर तिहार कै बिशेष अवसर पारेर नेताहरुलाई खबरदारी गर्न कुकुरलाई "नेता मधेश जाऊ" ब्यानर लगाएर सो अभियान थालिएको थियो | अभियानका एक अगुवा मनिष थापाले देश दुखेको बेला युवाहरुको मन दुखेकोले यो अभियान थालेको बताए | थापाका अनुसार मानिसहरूले सम्झाउने प्रयास गर्दागर्दा थाकेको अवस्थामा पशुले समेत सम्झाउनु परेको अवस्था आएको सिम्बोलिक रूपमा कुकुर पूजाको दिन कुकुर र मानिस संगै बसेर शीर्ष नेताहरूलाई मधेस जान माग गर्न लागेको बताए | स्थानीय वासिन्दाहरुले प्रत्यक्ष चासो र यो अभियान प्रति ऐक्यबद्धता जनाएका थिए |
अभियानमा सहभागी युवाहरु न कुनै पार्टीको न कुनै आई,एन.जी.ओ. बाट थिए, तर तिहारको फुर्सदिला समयको सदुपयोग गर्दै एउटा नया अभियान संचालान गर्न उत्साहित एक जुझारु युवाहरुको एक समूह थिए | हाम्रासंविधान प्रति असहमति जनाउदै मधेसमा आन्दोलन चर्किएको लगभग ३ महिना पुग्न लागेको छ| तर विगत ३ महिना देखि आन्दोलन चल्दा र ४५ भन्दा बढीको ज्यान गईसक्दा पनि प्रमुख दलका शिर्ष नेताहरू र सरकारको तर्फबाट तराई-मधेसका जनतासम्म पुग्ने, उनीहरूको कुरा सुन्ने र आफ्नो कुरा बुझाउने कुनै पनि ठोस प्रयास भएको छैन | संविधानमा विभेद गरिएको छ वा छैन भन्नेमा विवाद होला, आन्दोलनरत पक्षको माग प्रति सहमति वा असहमति होला तर विगत ३ महिना देखि सरकार र शिर्ष नेताहरूबाट व्यावहारिक रूपमा भने विभेद गरिएको नै छ |

मधेसको आन्दोलन, हिंसात्मक घटनाहरू, ठप्प भएको आम जनजीवन र आम मधेसीको भावना प्रति शिर्ष नेताहरूले चरम बेवास्ता मात्र देखाउनु भएको छ| शिर्ष नेतागणको यस्तो रवैयाले मधेसी मूलका आम नेपालीलाई भावनात्मक रूपमा नै चोट परेको छ| राजनैतिक विषयको समाधान राजनीतिज्ञहरू वार्ताको टेबलबाट मिलाउन् तर तराई-मधेसका नेपालीको मनमा लागेको चोटमा मल्हम लगाउन यो देशका अन्य भूभागमा रहेका आम नागरिक देखि शिर्ष राजनैतिक नेतृत्वसम्मले ठोस प्रयास गर्न यो प्रयास थालिएको हो | शिर्ष नेताहरू र सरकारलाई आम मधेसी जनतालाई सम्बोधन गर्न मधेस जान माग गर्दै यो विरोध कार्यक्रम आयोजना गरेका हुन् |

यो अभियान तिहार भरी जारी रहने बताएका छन् |
‪#‎Campaign‬
‪#‎NetaMadheshJaau‬
Please find this article on Facebook and Twitter...

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।