३० दलीय गठबन्धनद्वारा संयुक्त रुपमा उठिएको आवाज

३० दलीय गठबन्धनद्वारा संयुक्त रुपमा उठिएको आवाज पहिचान र संघियतासहितको संबिधानको लागि थियो !

युवा जोश बेग्लै त्यसमाथि मेरो मनैबाट निस्कनै लागेको आवाजमा सबैको संयुक्त आवाज मिसाईदिँदा मैले पनि एक "जिन्दाबाद"को गर्जित आवाज थपिदिएँ । कहिल्यै खुल्लामन्चले त्यत्ती धेरै खुट्टाहरुलाई एकैसाथ कमाएको थिएन होला, हिजो थेग्न पनि मुस्किल थियो । लाग्दथ्यो पहिलोपटक त्यो खुल्लामंच पनि कत्ति साँघुरिएको ! भित्र टेक्न ठाउँ सम्म नहुदा खुल्लामंचका घेरिएका बारहरु पनि जनतालाई थेगिरहनमा व्यस्त थिए ! एक सँगै गएको मित्रको भित्र प्रवेश गर्दागर्दै हात छुट्यो, त्यत्ति धेरै भीडलाई मेरा आखाँले उछिनेर नसक्दा कता हो कता साथि छुटेर कुनातिर ठेलिएको अबस्था थियो ! खुल्लामंच भित्र जत्ति मान्छे थिए, त्यो भन्दा दोब्बर सडकभरि थिए !

पहिचान र संघियतासहितको संबिधान मेरो चाहना पनि हो ! त्यहि चाहनाको सम्बोधनमा लाखौ जनताहरु ओर्लिदा मैले आफ्नो उपस्थिति अनिबार्य ठानेर सहभागिता जनाएँ ! युवा जोशिलो आवाजहरुमा मेरो पनि जोशिलो बिद्यार्थी आवाज लिएर मेरो अधिकारको कुरामा ठुलो आवाज निकालिदिएँ !

मैले बुझेको सभाको औचित्य, मलाई एक थान संबिधान चाहेकै होइन तर मेरो अधिकार सहितको सबैको आवाज सम्बोधन हुने संबिधान चाहेको हो ! त्यो एक थान संबिधान, संसद भबनभित्र भएको बहुमतीय/अल्पमतिय संख्याको आधारमा लेखिने एक थान संबिधानले मेरो आवाज सम्बोधन गर्दैन थियो ! देशको संबिधानमा देशमा रहेका सबैको अनुहार नसमेटे/नदेखेसम्म म किन त्यो संबिधान बन्यो है मात्रको संबिधानमा चित्त बुझाउ? जुन परिवर्तनको लागि जनताहरु अपाङ्ग भए/ सहिद भए,  त्यहि चिज प्राप्त नहुदा त्यो बलिदानको मूल्य के रहन्छ ? 


0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।