2nd Tamang Film and Music Award-2071:

काठमाडौं, वैशाख ११ - सर्वोत्कृष्ट तामाङ फिल्म, गीत, सङ्गीत र कलाकारलाई अवार्डबाट सम्मानित गरिएको छ । बिहिबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित 'दोश्रो तामाङ फिल्म एण्ड म्यूजिक अवार्ड २०७१' समारोहमा विभिन्न ३५ विधामा अवार्ड वितरण गरिएको हो । 

तामाङ चौतारी समूह र तामाङ चलचित्र सङ्घले आयोजना गरेको अवार्ड वितरण समारोहमा गायिका ईन्दिरा गोले र अभिनेत्री चाँदनी मोक्तानलाई 'लाईफटाईम एचिभ्मेन्ट अवार्ड' बाट अभिन्दन गरिएको थियो । सभासद इच्छाराज तामाङले सम्मानित कलाकारद्धयलाई अभिन्दन-पत्र प्रदान गरेका थिए । 

कार्यक्रममा तामाङ फिल्म समूह अन्तर्गत दोर्जे तामाङद्धारा निर्देशित चलचित्र 'ह्योरेम' ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड हात पारे । रोशन फ्युबाले निर्देशन गरेको चलचित्र 'ल्हाप्साङकर्पो'ले नेपाली भाषामा बनेको तामाङ फिल्मतर्फबाट जुरी अवार्ड हात पारेका छन् । 

त्यस्तै कुमार मोक्तान – सर्वोत्कृष्ट नायक, सुकु मोक्तान – सर्वोत्कृष्ट नायिका, पेशलकुमार तामाङ (ह्याङ्ला रिमठीम) – सर्वोत्कृष्ट पटकथा लेखन, रामबाबु योन्जन (खसु न्हाङला दिनी) – सर्वोत्कृष्ट पार्श्व गायन पुरुष, शशिकला मोक्तान (ह्युल्ला माया) - सर्वोत्कृष्ट पार्श्व गायन महिला, विशाल काल्तन (ह्युल्ला माया) – सर्वोत्कृष्ट सङ्गीतकार, भीम बल (कर्मला ग्याम) – सर्वोत्कृष्ट कथा, विकास स्याङ्तान (दोर्जे डन) – सर्वोत्कृष्ट खलनायक, अमिर दोङ (मायासे लासी) – सर्वोत्कृष्ट निर्देशक, उन्छोङ चेम्जोङ (कोन्ज्यो सोम) सर्वोत्कृष्ट द्धन्द्ध निर्देशक, युवराज राई (ह्याङ्ला रिमठीम) – सर्वोत्कृष्ट छायाँकार, कुइसाङ लामा (अमिर ज्योज्यो) – सर्वोत्कृष्ट हाँस्य अभिनेता र दिपेन्द्र दोङ (ङेमा दावा) – सर्वोत्कृष्ट गीत लेखन अवार्ड हात पार्न सफल भएका छन् । 

तामाङ गीत समूहमा सर्वोत्कृष्ट गायकको अवार्ड विश्व दोङ (बदनाम ताजी), सर्वोत्कृष्ट युगल गायन – तुलसा वाईबा/ईन्दिरा योन्जन/चन्द्रकुमार दोङ (चलन चल्तिरी), सर्वोत्कृष्ट तामाङ गीत – बदनाम ताजी (सुर्य मोक्तान), सर्वोत्कृष्ट गीत लेखन – पारखी माईला (म्हेन्दोह्राङ सारजीगाई), सर्वोत्कृष्ट सङ्गीत – चन्द्रकुमार दोङ (चलन चल्तिरी) र सर्वोत्कृष्ट तामाङ गीत (सामाजिक, साँस्कृतिक र राष्ट्रिय भाव झल्कने) अवार्ड - म्हेन्दोह्राङ सारजीगाई (पारखी माईला) ले हात पारेका छन् ।

तामाङ सेलो गीत समूहबाट सर्वोत्कृष्ट सेलो गीत – बिर्सेको छैन (रामबाबु योन्जन), सर्वोत्कृष्ट सेलो गायक – आशुसेन लामा (घरचरी बस्यो घरमा), सर्वोत्कृष्ट सेलो गायिका – सानु वाईबा (परदेशमा बस्ने ए हजुर), सर्वोत्कृष्ट युगल गायन - प्रेम लोप्चन, ईन्दिरा गोले, आङनिमा (हाम्मै लिला), सर्वोत्कृष्ट गीत लेखन – सुशन लामा (नाँच आज डम्फुको तालमा) र सर्वोत्कृष्ट सङ्गीत – टिका बम्जन (राम्री है सारै) अवार्ड जित्न सफल भए ।
म्यूजिक भिडियो समूहमा सर्वोत्कृष्ट तामाङ म्यूजिक भिडियो – चलन चल्तिरी (तुलसा वाईबा, ईन्दिरा योन्जन, चन्द्रकुमार दोङ), सर्वोत्कृष्ट तामाङ सेलो म्यूजिक भिडियो – हाम्मै लिला (प्रेम लोप्चन, इन्दिरा गोले, आङनिमा शेर्पा) र सर्वोत्कृष्ट तामाङ सेलो म्यूजिक भिडियो निर्देशक – सुलोचना थिङ, प्रचण्ड (राम्री है सारै) लाई अवार्ड प्रदान गरिएको छ । नेपाली गीत समूह अन्तर्गत सर्वोत्कृष्ट गायक - आशुसेन लामा (गरी खान देऊ), सर्वोत्कृष्ट गायिका – शशिकला मोक्तान (नाचु नाचु लाग्यो) र सर्वोत्कृष्ट नेपाली म्यूजिक भिडियो – आशुसेन लामा (गरी खान देऊ) अवार्ड हात पार्न सफल भएका छन् । 

अवार्ड कार्यक्रममा २०६७ वैशाख १ देखि २०७० चैत १५ सम्मका तामाङ फिल्म र गीत सङ्गीतलाई प्रतिष्पर्धा गराइएको थियो । कार्यक्रममा तामाङ समुदायका विशिष्ट व्यक्तित्व, व्यवसायी, कलाकार, सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, चलचित्रकर्मी लगायतको उपस्थिति रहेको थियो । 

तामाङ चलचित्र र गीत सङ्गीतको गुणात्मक विकासका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा तामाङ चौतारी समूहका अध्यक्ष विनोद तामाङले बताए । समूहले २०६७ मा पहिलो अवार्ड कार्यक्रम आयोजना गरेको थियो ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।