मीरा मन थापाको गजल संग्रह "माटो, मुटु र मन" एक समाहरोह बिच बिमोचित:

मणिकलाल घिसिङ तामाङ
चैत्र १०, २०६९ । काठमाडौं ।

गजलकार मीरा मन थापाको गजल संग्रह "माटो, मन र मुटु" एक सभ्य भब्य समाहरोहका साथ बिमोचन गरियो । अग्रनी गजलकार तथा प्राज्ञ बुँद रानाको प्रमुख आतिथ्य र बरिस्ठ साहित्यकार नियात्राकार प्रतिक ढकालको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अतिथिको रुपमा करुण थापा, घनेन्द्र ओझा, प्रभाती किरण, शबदहार कृयसन्स प्रालीका संयोजक रमेश कँडेल लाई अतिथितिको रुपमा आसन ग्रहन गराएको थियो । बरिस्ठ साहित्यकारहरु, पत्रकारहरु,  अन्य बिशिस्ट ब्यक्ती- उपस्थिती रहेको थियो ।

अतिथिहरुलाई खादार्पन गरेपछी कार्यक्रमले औपचारिकता पाएको थियो । संग्रहको बिमोचन गजलकार तथा प्राज्ञ बुँद राना ले गर्नुभएको थियो । कार्यक्रमलाई आकर्शक तथा अत्यन्तै मिठो शैलिमा बिष्णुप्रवा सापकोटाले सन्चालन गर्नुभएको थियो । ३ दर्जनभन्दा बढी साहित्यकारहरुको जमघटमा साहित्यिक माहोल नै सिर्जना भएको थियो । गजलकार मीरा मन थापाको यो पहिलो गजल संग्रह "माटो, मन र मुटु"लाई ब्रदर बूक्स, काठमाडौंले प्रकाशन गरेको हो ।

बिमोचन भएलगत्तै कार्यक्रमका सभाध्यक्ष प्रतिक ढकालले स्वागत मन्तब्य राख्नुभएको थियो । उहाले सम्पूर्ण उपस्थित अतिथिहरुलाई स्वागत गर्दै मिठो शब्दमा भन्नु भयो, "जो मन्चमा हुनुहुन्छ, उहाहरु कार्यक्रमका लागि बिशिस्ट हुनुहुन्छ तर जो मन्चमा नरहेर दर्शक दिर्घामा रहनुभएको छ उहाहरु मनमा हुनुहुन्छ । मनमा रहने सधैं बिशेष नै हुने गर्छ ।" उहाले आफ्नो भनाइमा थप जोड्नुहुँदै भन्नु भयो, "मीरा मन अहिले शारिरिक रुपमा यहाँ हुनुनुहुन्न । उहाँ इजरायलमा रहनुभएपनि हामीले उहाको उपस्थिती यो सँग्रहबाट अनुभुत गर्ने छौँ ।" ठट्ट्यौली शैलिमा स्वागत गर्नुहुँदै, "पिङ्गलले जस्तै छन्द निर्माण गर्दै गर्दै गर्दै १३१ वटा पुर्‍याइसक्नुभएका पोस्टराज जि हुनुहुन्छ । भाग्य जि हुनुहुन्छ । आनन्द श्रेष्ठ जि हुनुहुन्छ । पछाडि संगीतका हस्तिहरु देख्दै छु । छुकी हुनुहुन्छ । सभा सानो छ तर हामी सँग भ्याली मात्र छैन, हामी सँग तिब्बत पनि हुनुहुन्छ(तिब्बत दर्लामी तिर इङ्गित गर्दै), त्यसैले ठुलो भुगोल हामीले जम्मा गर्दै यहाँ बसेका छौ ।" यसै क्रममा उहाँले शब्दहार कृयसन्स प्रालिको बारेमा थोरै कुरा जोड्दै भन्नु भयो, शब्दहार कृयसन्स आँफै एक कृति प्रकाशन सँस्था रहेकोले अरु प्रकाशन बाट निकालिएका सँग्रहलाई पनि बिमोचन गर्ने वा आफ्नो सँस्थाबाट प्रकाशित कृतिलाई बिमोचन गर्ने, कुरामा छलफल हुँदै छ भन्नु भयो ।


यस सँग्रहको टिप्पनि गर्दै घनेन्द्र ओझा, "गजलका मूल तीन वटा धारहरुलाई देखेका छौँ । एउटा काफिया र भाब भए पुग्छ भन्ने धार, लय जरुरी छैन भन्ने धार, अर्को लय प्राथमिकता हो भन्ने धार र तेश्रो शास्त्रीय छन्द वा शास्त्रीय बहरमा लेखिनुपर्छ भन्ने धार । यी तीन वटा धारलाई मात्र उठाएका छन् तर गजल कस्तो हुनुपर्छ भन्ने उठाएका छैनन् ।" त्यसैमा थप्दै भन्नु भो, "लय अत्यन्तै महत्वपूर्ण हुन्छ । लयलाई ऐक्षिक तत्वको रुपमा मान्न सकिन्न । त्यसैगरी भाब पनि हुनुपर्छ, भाब नै भएन भने गजल, गजल बन्दैन । जसले लयमा बढी जोड दिएको छ, उसका गजलमा भाब पक्ष कम्जोर देखिन्छ । त्यसैले यी तीन वटा चिजहरुको पूर्ण प्रयोग गर्न नसकेसम्म एउटा पूर्ण गजल लेख्न सकिन्न ।"

मीरा मन थापाको गजलहरुमा गजलका धेरै जसो गुणहरु भेटिन्छन् । ब्यक्तिका सबै रचनाहरु उत्कृष्ट हुनुपर्छ भन्ने आग्रह गलत हो । १०० वटा सिर्जनाहरुमा १० वटा सिर्जनाहरु उत्कृष्ट सिर्जना गर्नुहुन्छ भने त्यो सर्जकलाई उत्कृष्ट भन्न मिल्छ । मीरा मन थापाको समग्र गजल उत्कृष्ट छैन तर केही शेरहरु अत्यन्तै उत्कृष्ट छन्, त्यसले सिङ्गो गजललाई समग्रमा उत्कृष्ट बनाएको छ । उहाका गजलमा प्रेम, समाजका बिक्रिती बिसँगतिका कुराहरु, राजनैतीक अस्थिरताको कुरा, परदेशमा हुनुहुन्छ त्यसैले त्यहाँका जनजीवनका कुराहरु पनि पाउन सकिन्छ ।"

“प्राय एकाक्षरिय काफियाको प्रयोग गलत ढङ्गले गर्छन् तर मीरा मन थापाले एकाक्षरिय काफियाको राम्रो सँग प्रयोग गर्न जानेको छ । केही गजलहरुमा लय बिचलन भएपनि समग्रमा लय पक्ष सशक्त देखिन्छ । यसलाई राम्रो कृतिको नाम दिन सकिन्छ । यदी अहिले नै उत्कृष्ट कृति भन्ने हो भने आगामी दिनमा त्यो उत्कृष्टलाई जित्न के लेख्ने हुन्छ ? त्यसैले अहिले नै यसलाई उत्कृष्ट नभनौ । सुधारको लागि थुप्रै मौकाहरु छन् उहाँको लागि । गजल बिधामा एउटा राम्रो सम्भावना बोकेर मीरा मन थापा आउनुभएको छ । उहाँलाई माया गरौ ।“

मीरा मन थापाको स्वरलाई टेलिफोनमार्फत करिब ८ मिनेटको मन्तब्य प्रत्यक्ष रुपमा उपस्थित दर्शक दिर्घामा सुनाइएको थियो । उहाँले कार्यक्रममा उत्साहपुर्बक उपस्थिती जनाउनुभएकोमा सम्पूर्ण अग्रजहरुलाई धन्यवाद दिनुभयो । टेलिफोन कुराकानीमा भन्नु भयो, "यत्ती बेला म प्रबासबाट हैन म आफ्नै माटोमा उभेर बोलिरहेकी आभास गरिरहेकी छु । म यहाँहरुसँग परिचित हुँदाहुँदै पनि फेरी कृतिमार्फत परिचित हुन पाउदा अत्यन्तै हर्षित छु र आँफैलाई भाग्यमानी सम्झिरहेकी छु ।" त्यसैमा थप्दै भन्नु भयो, "यो मीरा, मन र माटोलाई जन्माउने यहाँहरु नै हुन् । बिल्कुलै असम्भब थियो मीरा, मीरा मन हुनलाई । मीरामा मन जन्माउनमा यहाँहरुको ठुलो हात छ ।"


उपस्थित जनाउन नपाउदाको पीडालाई शब्दमा पोखाउनुभएको थियो । आफ्नो भनाइ राख्दै, "गजल पढ्दा, देख्दा र हेर्दा जत्ती सरल लाग्छ, तर लेख्दा साह्रै गाह्रो बिधा रहेछ । कहिलेकाही मन बहकाउन लेख्ने गर्थे तर त्यत्तिखेर लेखेको गजल नभएर फजल लेखिएछु भनेर अहिले थाहा पाएँ । साहित्यको अरु बिधा भन्दा गजल गाह्रो बिधा लाग्यो, जत्ती सिक्दै गयो त्यत्ती गाह्रो लाग्दै गयो । सिक्दै छु, सिक्ने क्रममा एकदिन कसो नसकिएला र ? मेरो यो प्रयासमा यहाँहरुको जरुर साथ रहनेछ, हौशला प्रेरणा रहनेछ भन्ने लाग्छ । मेरा रचनाहरुलाई सँग्रहमा समाहित गर्नुपर्छ भनी जिकिर गर्नुहुने सम्पूर्ण साहित्यिक मनहरुमा आभारी छु । यो संग्रहको बिक्रि बाट आउने रकमको १० % रकम विभिन्न सामाजिक संघ सस्था हरुलाई प्रदान गरिने छ भने इजरायलमा जति पनि किताबहरू आइपुग्छन् तिनको बिक्रीबाट आउने रकम को २०% रकम इजराइलमा रहेर बिभिन्न परोपरिक कार्य गरिरहेको सामाजिक सस्था हेल्पिंग हेन्ड ईन इजरायल लाई प्रदान गरिने छ !

कृतिमाथि टिप्पनी गर्नुहुँदै प्रभाती किरण, "मलाई अलिकती सजिलो भएको छ । लेखकले भर्खरै मेरा यी सिकारु चरणका गजलहरु हुन् र कमीकमजोरीहरु प्रसस्त छन् यसलाई आगामी दिनमा सुधार्दै लाने छु भन्नु भएको छ ।" यसैमा थप्नुहुँदै भन्नुभयो, "मीरा थापाको 'माटो, मन र मुटु' संग्रहमा मुटु र मन उस्ताउस्तै हो । एउटा साकार र अर्को निराकार । तर माटोलाई जसरी सिर्षकमा समाबेश गर्नुभएको छ, गजलभित्र समेटिएका अधिकाँश गजलहरु माटोलाई प्रेम गरेर लेखेका गजलहरु उत्कृष्ट छन् ।"

गजल आबरण देखी भित्रिसम्म उत्कृष्ट रहेको र भाषिक र ब्याकराणिक अत्यन्तै कम छन्, कहिलेकाही मुद्राराक्षसको कारण केही शब्दहरुमा गल्ती देखिनु स्वाभाबिक भएको बताउनुभयो । शिर्षक अनुसारकै गजल आएको छ । परदेश गएर देश सम्झनेहरुको ब्यथा पाउन सकिन्छ । उहाँको भनाइ थियो, " "काफिया गजलको अत्यन्तै महत्वपूर्ण अङ्ग हो । काफियाको सन्दर्भमा मीरा मन थापाले नौलो काफियाहरुको सुन्दर प्रयोग गरेको पाइन्छ । समग्रमा गजल सुन्दर बनेको छ ।"

शुभकामना मन्तब्य दिदै करुण थापा, "गजलमा स्ट्यन्डराइज भएको छैन । के लाई मानक मान्ने हो भन्ने कुरामा बिबाद छ ।" सिधा बुझ्दा गजल के हो भन्ने सन्दर्भमा कुरा गर्दै भनाइ राख्नु भयो, "मूल के हो खोज्ने र मूलले के भन्छ त भन्दाखेरी गजल लय र बहरमा हुनुपर्छ । नेपालमा आइपुग्दा गजलमा लय भए पुग्छ भन्नेलाई मान्यता दिई यसैलाई मानक बनाएर लेख्दै आएका छौँ ।"

फेसबूकबाट नै मीरा थापालाई चिनेको र आफ्नो पुनर्जागरणको श्रेय फेसबूकलाई दिनुभयो । यसैमा थप्दै, "मीरा मन थापालाई 'मन' जोड्नुभन्दा अगाडि नै चिनेको, र मीरा थापा हुँदाखेरी देखी नै उहाले आफ्ना गजलहरु ट्याग गर्नुहुन्थ्यो । एक राम्रो सम्भावना गजलकारको रुपमा मैले उहाँलाई देखेँ ।" अन्तराष्ट्रिय गजल प्रतियोगितामा प्रथम स्थान हाशिल गरेकोले उहाँ आँफैमा एक गजलकार हुनुहुन्छ । नब उदाएका युवाहरुमा उहाँ अग्र स्थानमा रहेर लय भावनाको सम्प्रेशन राम्रो गर्ने भएकोले यो राम्रो गजल सँग्रहको रुपमा लिन सकिन्छ भन्नु भयो । 

कार्यक्रमका प्रमुख अतिथी बुँद राना आफ्नो मन्तब्य राख्दै, "मीरा मन थापा, नाम नै अत्यन्तै प्रेरणादायी छ । हामीले आँफैले नाम राखेको होस् अथवा न्वारन गर्दा पन्डितले राखेको होस्, प्रत्एकले आफ्नो नामलाई सार्थक बनाउने प्यायत्नरत देखिन्छन् । मीरा भन्ने नाम शायद कृष्णसँग जोडिन्छ । त्याग र समर्पनको प्रतिमुर्ती । अहिले युवा श्रस्टाहरु उच्च सामर्थ्यका आउनुभएको छ, त्यही युवाहरुमध्ये एक हो मीरा मन थापा ।" उहाँको भनाइ थियो, अबको युग युवाबर्गकै हो ।

"मीरा कत्ती सचेत हुनुहुन्छ भन्ने कुरा उहाले आफ्नो एक भनाइमा रमेश हरी लट्ठकलाई सम्झिनुभएको छ । प्रारम्भिक कालमा मैले रमेश हरी लट्ठकबाट गजल लेख्न सिकेँ भन्नु भा'छ । रमेश हरी लट्ठक यत्ती प्रतिभावान हुनुहुन्थ्यो, अंग्रेजिमा पनि गजल लेख्ने प्रयास गर्नुहुन्थ्यो । तर २३ बर्षको अल्पायुमै बित्नु भयो ।" एक नयाँ प्रतिभावान मिरा मन थापा नेपाली साहित्यमा उदाउनुभएकोमा बधाई ज्ञापन गर्नुहुँदै आफ्ना गजल बाचन गर्दै(गाउदै) सबैको ध्यान केन्द्रित गर्नुभएको थियो ।

कार्यक्रम सभाध्यक्ष प्रतिक ढकालको समापन मन्तब्य पछी लन्च ब्रेक पछी सकिएको थियो ।

2 comments

कार्यक्रममा भएका सुनिएका हुबहुु सबै उतार्नु भएछ । यसभन्दा बाहेक छुटेेको भए खानाको परिकार कछुटेको होला । प्रत्यक्ष्य उपस्थित नहुनेले पनि कार्यक्रममा उपस्थित भए झैं अनुभुति हुने लेख । धन्यबाद मानिक जी ।

Ananda shrestha आनन्द श्रेष्ठ ji,
धन्यवाद सर । मैले सकेसम्म उतार्ने प्रयास गरेँ । सबैको जस्ताको तस्तै भनाइ राख्ने हो भने अझ यो विवरण ३ पेज अर्को लामो हुनसक्दथ्यो । छाटकाट गर्दा कत्तीपय शब्दहरु छुटेका छन् । हाहा खाने कुराको बारेमा पनि लेखौँ कि सोचेथेँ तर बिमोचनमा अली असुहाउदो होला कि लागेर नलेखेको नि ।

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।