तामाङ जातिमा गरिने न्वारन

सुतकबाट शुद्धी गरिसकेपछि धर्मिक बिधिबिधान अनुसार नवजात शिशुको नामाकरण गर्ने काम गरिन्छ | यसलाई (मिन थान्बा) भनिन्छ | न्वारनको मुख्य पक्ष नामाकरण गर्ने काम हुन्छ यो बिधिबिधान पनि यस जातिमा आफ्नै प्रकारको छ ।

लामा पुरोहितले नाम रख्दा प्राय: जन्मबारको आधारमा राख्ने गर्दछन | जस्तो- आईतवार-ङ्हेमा, सोमबार-दावा, मंगलवार-मिङमार, बुधवार-लाग्पा, बिहीवार-फुर्ब, शुक्रबार-पासाङ, शनिबार-पेमा |
           
यसरी राखिएको नामको पछाडि नवजात शिशु छोरा भए (दोर्जे)र छोरी भए (डोल्मा) वा (छिरिङ) जोडेर नामाकरण गरिन्छ | यसको अतिरिक्त लामा गुरुहरुले पात्रो हेरेर पनि बौद्ध देविदेवताको  नामहरु राख्ने गर्दछन् | यती गरिसकेपछी घर परिवारको मंगल दिर्घायु र संम्रिद्धिको लागि लामाहरुले (टासि सेक्पा र साम्बा लुन्डु) छ्योइ (पुस्तक)पनि पढ्ने गरेको पाईन्छ |
         
 तामाङ जातिमा अन्तरजातिय विवाहलाई पनि मान्यता दिएको पाईन्छ | यदी कसैले बिजातिय स्त्री मन पराएर ल्याएमा यस जातिको चोहो मुल्मी ताम्बा ङात्पा दौत्पा गान्बा गौराइहरुको भेलाले उक्त स्त्रिलाई निजको लोग्नेको थरसँग बिहेबारी गर्न मिल्ने थर दिइ तामाङ समाजमा हुल्ने प्रचलन छ | यस्ता महिलबाट जन्मिएको नवजात शिशु झर्रा नै हुन्छन्  |
             
तामाङ समाजमा शिशुको उमेर बढ्दै गएपछि हिन्दू धर्मबाट प्रभाबित भएर एकातिर आफ्नो छोराछोरीको नामाकरण अर्थात फेरी नाम राख्ने प्रचलन ब्यापक रुपमा रहेको छ | अर्कोतिर धर्मिक जागरणका करणले बौद्ध देवी देवताको नामहरु राख्ने गरेको पाईन्छ | तर आफ्नो मात्रिभाषाका नाम राख्ने प्रचलन लोप हुँदै गैरहेको छ | हिन्दू धर्म र संस्क्रितीको प्रभाबका कारण समाजमा सामाजिकीकरण हुन तामाङ जातिमा बाल्य अवस्थामा विद्यालय भर्ना हुनेदेखि युबा अवस्थामा नागरिकता प्राप्त गरी स्व:रोजगारको अवसर प्राप्त गर्न सहज हुन्छ कि भनेर हिन्दू देवी देवताहरुको नामहरु राख्ने प्रचलन बढेको छ |
   
जस्तो: राम बहादुर तामाङ, भिम बहादुर तामाङ, बिष्णु तामाङ, कृष्ण बहादुर तामाङ, नारायण सिंह तामाङ, ईन्द्र लामा, शिव कुमार लामा, अर्जुन लामा,  गणेश तामाङ आदी आदी |          
 जातिय पहिचानको सन्दर्भमा यो राम्रो होइन | आजै देखि सुधार गरी आफ्नो जातिय झल्कने नामाकरण गर्नु पर्दछ | त्यसै गरी रसुवका तामाङहरु लामा बोलाई न्वारन र नामाकरण गर्ने परम्परा लाई दाबेन भन्दछन त हुम्ला र मुगूका तामाङहरु यस संस्कार गर्ने परम्परा लाई छरतेर्जे भन्दछन् |

श्रोत: तामाङ रिमठीम, रबिन्द्र ग्याबक तामाङ

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।