रामेछाप तामाङ समाजको विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

हिरालाल दोङ
मङ्सिर ०९, काठमाडौं -
रामेछाप तामाङ समाज काठमाण्डौंले २०६७ सालको प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थी र सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ । समाजले काठमाण्डौंमा एक समाहरोहको आयोजना गरी रामेछापको निजी विद्यालय र सरकारी विद्यालयबाट प्रवेशिका परीक्षामा उत्कृष्ट भएका ५-५ जना, देशभरबाट १ जना र गैरतामाङ समुदायका एक जना उत्कृष्ट विद्यार्थीलाई नगद राशी र सम्मानपत्रद्धारा सम्मान गरेको हो ।

सम्मानित हुनेमा सरकारी विद्यालयबाट परीक्षामा ६८.८८ प्रतिशत अंक ल्याएका रवि तामाङ, ६९.५० प्रतिशत अंक ल्याएका प्रतिक तामाङ,७१.३८ प्रतिशत अंक ल्याएका रविन्द्र तामाङ,७२ प्रतिशत अंक ल्याएकी मिरा तामाङ र ८२.८८ अंक ल्याउन सफल प्रवेश तामाङ रहेका छन् । त्यसैगरी निजी विद्यालयतर्फ ८२.६३ प्रतिशत अंक ल्याएकी ससिद्द तामाङ,८४.२५ प्रतिशत अंक ल्याएकी प्रतिमा तामाङ,८४.२५ प्रतिशत अंक ल्याएका ल्हाक्पा छिरिङ्ग ,८५.६३ प्रतिशत अंक ल्याएका अल्कराज तामाङ,८६.२५ अंक ल्याउन सफल विनोद तामाङ र ८९.५ प्रतिशत अंक ल्याएका सरोज लामा तामाङ छन् । जिल्लाकै गैरतामाङ समुदायबाट उतकृष्ठ भई सम्मानित हुनेमा ८५.८८ प्रतिशत अंक ल्याएकी भाबना सुभेदिलाई नगद रु ५००० सहित सम्मन गरेका छन ।
त्यस्तै नेपालभर तामाङ समुदायबाट उत्कृष्ट विद्यार्थीमा भने ९०.१३ प्रतिशत अंक हासील गरेका सर्लाही कल्पवृक्षका समिर तामाङलाई नगद रु ५००० सहित सम्मन गरेका छन । रामेछाप जिल्लालाई कर्मथलो वनाई शैक्षिक विकासमा उल्लेखनिय भुमिका निभाएकोमा वर्ष शिक्षक सम्मानमा गुन्ज वहादुर श्रेष्ठ,विद्यालयमा कन्टेश्वर उच्च माध्यमिक विद्यालय टोकर्पुरलाई प्रशंसापूर्ण सम्मानपत्र सहित नगद रु ५,००० द्धारा सम्मान गरेका छन ।

यसपटक शिक्षा क्षेत्रमा योगदान पुर्याएकोमा कक्लिङ शिक्षा क्याम्पस दोरोम्ब रामेछापका प्रचाय्र कमान सिं तामाङ,राजनीतिक क्षेत्रबाट अनेरास्ववियूकी उपाध्यक्ष नविना लामा तामाङ,भौतिक विकास तथा निर्माण व्यवसायीतर्फ बहादुर सिङ तमाङ लाई Rising star award बाट सम्मान गरेका छन । ,त्यसै गरी TOP SOCIAL FIGURE HONOR बाट सञ्जार जगततर्फ प्रतिक तामाङ र चन्द्र कुमार मोक्तान तामाङलाई गीत संगीतबाट साँस्कृतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । नेपालको ईतिहासमै पहिलोपटक तामाङ समुदायबाट नेपाल सरकार नीजामति कर्मचारी सेवातर्फ सचिव वनेका धनवहादुर तामाङ पनि TOP SOCIAL FIGURE HONOR बाट सम्मानति हुनुभएको छ ।

तामाङ समुदायमा पुर्याएको योगदानको कदर र भोलीका दिनमा तामाङ समुदायको शैक्षिक,भौतिक,साँस्कृतिक विकासमा टेवा पुगोस भन्ने उद्देश्यले पछिल्लो समय हरेक वर्ष तामाङ समुदायका विद्यार्थी र सामाजिक व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम आयोजना गर्दै आएको समाजका अध्यक्ष महेश मोक्तान तामाङले बताउनुभयो । सम्मानित भएका विद्यार्थीहरुले अध्ययनमा अझ मिहेनत गर्न र समुदायको विकासमा अग्रसर हुन हौसला मिलेको वताएका छन् । अन्य सामाजिक व्यक्तित्वहरुले भने आफ्नो समुदायप्रति जिम्मेवारी वढेको महसुस भएको वताए ।

नेपालि कङ्ग्रेसका नेता तथा पूर्व कानुन तथा न्याय मन्त्री भिम बहादुर तामाङ को प्रमुख आतिथ्यतामा भएको सम्मान समारोह कार्यक्रममा समाजसेवी तथा जापानका लागि पूर्व नेपाली राजदुत डा .गणेश योञ्जन तामाङ, नेपाली कङग्रेस् रामेछापका जिल्ला सभापति रम्चन्द्र खड्का , व्यवसायी तथा काँग्रेस नेता सिवि लामा तामाङ, आदिबासी जनजाति महिला महसङ्घका महासचिव सोनी लामा, नेपाल तमाङ घेदुङ्का उपाध्यक्षा बेली लामा तमाङ ,सञ्चारकर्मी फुलमान वल तामाङ, भक्त स्याङतान लगायतको उपस्थिति रहेको थियो । उक्त कर्य्रक्रममा संस्थाका उपाध्यक्ष तथा गायिका शसिकला मोक्तान, संस्थाका प्रवक्ता तथा गायक रोज मोक्तान, बैरागी थेबा, प्रबिन्स मोक्तन्, गीतकार कुमार स्याङ्बो, नव गायक राज कुमार तामाङ र सन्जिब स्यङ्तानको साँस्कृतिक प्रस्तुति समेत रहेको थियो ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।