दोहोरी


स्वयम्भुतिर यसो मौका जुरेर पुग्या थिएँ, एक बाँदर कहिले यता कहिले उता हेर्दै टोलाउदै थिए । सोध्न मिल्या भए र मेरो कुरा बुझ्या भए जिज्ञासा यसरी पो राख्थे होला हेहे ...!!






बिछोडको घाऊ मनमुटुभरी बोक्दै टोलाउदै हो कि ।?!
अर्कै सुन्दरिलाई मायाजालमा पार्न बोलाँउदै हो कि ।?!


छेउमै अर्को जोडी रमाउदै माया साटेको देख्छु ।?!
कोही नपाउदा एक्लै बसी बिरहको पीडा गाउदै हो कि ।?!

त्यो चेप्टिजस्ता त अर्की नेप्टीहरु कत्ती छन् कत्ती ।?!
त्यै चेप्टिको यादमा बिगत पो कोट्याउदै हो कि ।?!


  • Rajesh Rumba Lama Wowww daami
    अनि म चाहिँ त्यो बाँदर भए यसो भन्थेँ
    -
    व्यथा नै व्यथा छ नि हौ दाजै,पिर छ मनैमा
    म जस्तो यहाँ शँसद भा'छन्,म चहिँ वनैमा
     
    नेप्टी र चेप्टी आउछन् जान्छन् के कुरा गर्नु खै
    वक्कै पो लाग्छ सम्झिदा पनि के जालमा पार्नु खै 
     
    जोडीको कुरा छाड्नु न दाजै चिन्ताछ राष्टको
    टुपीमा आगो बालौँ झैँ भाछ देश खाने भ्रष्टको ।




Manik Lal Ghising ::Rajesh Rumba Lama::Jawaaf maa yahi badarko man boleko ho ki jhai aabhaas po dipaayo hajurko pratiyaale ta.. thujechhe sundar jawaaf ko laagi..


  • कता–कता यो मनभित्र कौतुहलता जाग्न थाल्यो
    पिडा एउटै परेछ कि भन्ने मनमा लाग्न थाल्यो

    माया साट्दै र‘छ कि त फोन हान्दा घण्टौं विजी
    घात होला कि भन्ने डरले आफैंभित्र पाक्न थाल्यो

    आफ्नै मुटु टुटाएर चेप्टी नेप्टी रोज्नेलाई के भनुँ
    सफा मनको निल गगन अँध्यारोले ढाक्न थाल्यो ।।
    hehehehe.....just majak..



  • Manik Lal Ghising Prabina Gole Namuna::-
    हो कि क्या'हो साच्चै उसको पीर मलाई नि सरेजस्तो छ ।
    मेरो पीर देख्दाखेरी मोबाइलको नेटवर्क नि मरेजस्तो छ ।।
    (त्यसैले ब्यस्त नभए नि ब्यस्त भन्या होला...)

    नाजुक नै त नभनु, भाबुक भने अलिअली स्वभाबैले छु ।
    भाबुक हुँदा पीडा रमाई मनभित्र तलमाथि गरेजस्तो छ ।।

    नेप्टिको भर पर्दा, चेप्टिले अर्को चेप्टे खोजेछन् क्यारे ।
    एक हुल दु:ख मनमा छाडी खुशीले खोली तरेजस्तो छ ।।



  • thakina ma kahile swayambhuko ukalo chadhe pani
    Rokina ma kahile sidhi ra aftheroma lade pani

    Kaha gayau kata harau meri chanti bhunti
    Bhtina maile unlai jati agi badhe pani

    Tolhairahe6u har din rat unkai samjhanama
    Tolhaudai khojirahe6u unlai Chita jhai man dadhe pani

    Marna tyati sajilo kaha hudorai6 ra
    Bach6u unkai samjhanama mutu bhari khil gadhe pani.




  • Manik Lal Ghising Raz Waiba::-
    नथाकिने ज्यान रहेछ, उकालीओराली चढेपनि ।
    फेरी चढ्दै उक्लिने रहेछौ, जत्ती पटक लडेपनि ।।

    च्यान्टीभुन्टी हिंडे हिडुन्, लबस्तरी मोरिहरु ।
    मनमा ठुलो सङ्कल्प रहेछ, भित्र जत्ती डढेपनि ।।

    मनमुटाब रहितको बिगतमा सम्बन्ध हुँदाहुँदै ।
    निस्ठुरिले भुल्ने रहेछ, मनसँग मन जडेपनि ।।



  • Prabina Gole hahahaha.... Dhoka dinelai k vannu ra khoi ....... 
     पीर व्यथाहरु पनि लहरे खोकी झैं सर्छ क्यारे
    व्यथा सहन नसकी निर्जीव वस्तु नि मर्छ क्यारे

    थाहै थिएन मलाई त खै स्वभावैले भावुक छु रे
    दःुख एउटालार्ई पर्दा खेरि ओरालो उ झर्छ क्यारे

    जलवायु नै फेरेर या सुन्दरीको मोहनीले घरेर हो
    पानी नपर्दा नि असिना अचेल त्यस्सै पर्छ क्यारे ।।



  • Manik Lal Ghising Prabina Gole Namuna::-
    पहिरो जान्छ, भीरको खुट्टा झरेको होइन र ?!
    बिरुवा सुक्छ, माटो त्यसैले मरेको होइन र ?!

    आकाश रुदा बर्षातले ल्याउछ बाढी-पहिरो ।
    खोल्साखोल्सिमा पानी त्यसैले भरेको होइन र ?!

    आफ्नोलाई दुख्दा, आफ्नै मन दुख्छ बेस्सरी ।
    एक मनको दु:ख अर्को मनमा सरेको होइन र ?!

    असिनाको दाना पनि पानीकै एक रुप न हो ।
    त्यही चिस्सिएर असिना परेको होइन र?!


0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।